×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

संक्रमण र मृत्यु संख्या अहिलेसम्मकै उच्च

६ कार्तिक २०७७

काठमाडौँ : कोभिड–१९ बाट देशभर हालसम्मकै धेरै संक्रमण दर २८.५४ प्रतिशत र सबैभन्दा बढी ३१ जनाको मृत्यु भएको छ । यो बुधबार साँझसम्मको विवरण हो । स्वास्थ्य मन्त्रालयले दिउँसोसम्म २६ जनाको मृत्यु भएको जनाएको थियो ।

एक सय जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा कोभिड देखिएको र एकै दिन हालसम्मकै धेरैको मृत्युको रेकर्ड कायम भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए । मन्त्रालयका अनुसार बुधबार २० हजार ११८ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४३ जनामा संक्रमण देखिएको छ ।

हाल देशभर ४४ हजार ४७६ अर्थात् ३०.७० प्रतिशत सक्रिय केस छ । यसमध्ये काठमाडौंमा १८ हजार ८३२, भक्तपुरमा १ हजार ३०८ र ललितपुरमा २ हजार ९८९ जना गरी उपत्यकामा मात्रै कुल संक्रिय संक्रमित २३ हजार १२९ जना छन् । देशभर देखिएका कुल सक्रिय संक्रमितमध्ये ५२ प्रतिशत उपत्यकामा छन् । बुधबार थपिएका नयाँ संक्रमितमध्ये ३ हजार १०७ अर्थात् ५४.१० प्रतिशत काठमाडौं उपत्यकामा छन् ।

हाल ३५६ जना सघन उपचारमा छन् । यसमध्ये २६९ जना आईसीयू र ८७ जना भेन्टिलेटरमा छन् । वाग्मती प्रदेशमा सबैभन्दा बढी १५२ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा छन् ।

हाल मुस्ताङ मात्र सक्रिय संक्रमित शून्य रहेको जिल्ला हो । ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका १५ वटा जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलाली छन् ।

कोरोना संक्रमणबाट बुधबार हालसम्मकै धेरै ३१ जनाको मृत्यु पुष्टि भएको छ । उपत्यकाका मात्रै १३ जना छन् । सुनसरीको गढी–४ की उच्च रक्तचापकी ५५ वर्षीया महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएकी उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए । सुनसरीको बराहक्षेत्रका ६८ वर्षीय पुरुषको पनि मंगलबार राति मृत्यु भएको छ ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top