×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

संक्रमितलाई सकसः लक्षणसहितका संक्रमितले नै पाउँदैनन् अस्पताल

१७ भाद्र २०७७

काठमाडाैँ : काभ्रेका रविन सेढाईंलाई कोरोना संक्रमण भएको भन्दै कुपण्डोलस्थित विध म्यानेजमेन्टले आइतबार सम्पर्क ग-यो । त्यसपछि उनी अलमलमा परे । काठमाडौंका विभिन्न अस्पताल धाए । तर, उनले शय्या पाउन सकेनन् । उनले भने, ‘संक्रमित भए पनि अस्पतालले भर्ना गर्नै मान्दैनन् । म पनि सोमबार दिनभरि भौतारिएँ ।’ उनले आफूसँगै संक्रमण पुष्टि भएका नौ जना सेल्फ आइसोलेसनमा बसेको बताए ।

काठमाडौंकी ५७ वर्षीया राधिका महर्जनलाई सोमबार कोरोना पुष्टि भयो । उनी घरमै सेल्फ आइसोलेसनमा बसेकी छन् । तर, उनलाई अक्सिजनको कमी भएपछि सास फेर्न गाह्रो भयो । विभिन्न अस्पताल चहार्दा समेत उनी भर्ना हुन पाएकी छैनन् । काठमाडौं उपत्यकासहित देशभरका केही अस्पतालले कोरोना भाइरस संक्रमण पुष्टि भएकालाई भर्ना गर्न आनाकानी गर्दा संक्रमितले समस्या भोग्नुपरिरहेको छ ।

रिपोर्ट पोजेटिभ आएमा संक्रमित आफैँले पनि स्वास्थ्य मन्त्रालयका डा. माधव लम्साल र लीला विक्रम थापालाई सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । इडिसिडीले लक्षणसहितका संक्रमितले डा. लम्साललाई ९८५१२३४२२९ र लक्षण नभएका संक्रमितले थापालाई ९८५११४७३६१ मा फोन गर्न आग्रह गरे पनि केही संक्रमितहरूले आफूहरूलाई बेवास्ता गरेको बताएका छन् ।

यस्तै, मंगलबार देशभर थप १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार ५ सय २९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २२ हजार १ सय ७८ जना उपचारपछि निको भएका छन् ।

काठमाडौं उपत्यकामा मंगलबार ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ५ पुगेको छ । काठमाडौंमा ५ हजार १५, ललितपुरका ७ सय ४३ र भक्तपुरमा ५ सय ४७ संक्रमित पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर ७ हजार २ सय ८० जना होम आइसोलेसनमा बसेका छन् । हालसम्म ७ लाख ५ हजार ५ सय ६० जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

देशभर ७ हजार ३ सय ९० जना क्वारेन्टिनमा बसेका छन् । हाल देशभर १८ हजार १ सय १२ जना आइसोलेसनमा उपचाररत छन् । संक्रमितमध्ये मंगलबार ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।

पछिल्लो समयमा संक्रमणदर दिन प्रतिदिन बढ्दै गएको छ । लक्षणसहितका संक्रमित बढ्न थालेपछि चिकित्सकले व्यक्ति स्वयं सचेत र सजग रहन आग्रह गर्दै आएका छन् । भौतिक दुरी कायम गरेर आत्मानुशासनमा रहे कोरोनाबाट जोगिन सकिने चिकित्सकको भनाइ छ ।,यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका हुन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top