Nepal Times
Nepal Times
3
Shares

संखुवासभामा ढुङ्गाले लागेर ३ कामदार घाईते

संखुवासभामा ढुङ्गाले लागेर ३ कामदार घाईते

२० मंसिर, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका ५ आम्राङमा रहेको अरुण तेस्रो जलविद्युत आयोजनामा काम गर्ने तीन मजदुर ढुङ्गाले लागेर घाईते भएका छन् ।

अडिट टु सुरुङ भित्र काम गर्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर ३ जना कामदार घाईते भएका हुन् ।

शुक्रबार राती साढे २ बजेको समयमा भारत आसाम नलबारी बस्ने वर्ष २३ को भाजिदिन अली, बर्बता बस्ने वर्ष २६ का हस्तम अली र अलिकाद्वार बस्ने वर्ष २८ का अबुद कर माथिबाट झरेको ढुङ्गाले लागेर गम्भिर घाईते भएका हुन् ।

घाईते तिनैजनाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.