×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संघीयता अनुसारका स्वास्थ्य संरचना बनाउँदैछौ ः स्वास्थ्य राज्यमन्त्री

१० जेष्ठ २०७५

काठमाडौँ, १० जेठ ः स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले संघीयता अनुरुपका स्वस्थ्यका संरचना र प्रभावकारी स्वास्थ्य प्रणाली बनाउन क्रियाशील रहेको बताएकी छिन् । 

विश्व स्वास्थ्य संगठनको ७१औँ महासभालाई बुधबार जेनेभामा सम्बोधन गर्दै राज्यमन्त्री अर्यालले स्वास्थ्य क्षेत्रको संस्थागत विकास स्थानीय तहमा स्वास्थ्यका संरचना र गुणस्तरीयतामा सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई सहकार्यका लागि आग्रहसमेत गरिन्।

उनका स्वकीय सचिव राजेश शर्माका अनुसार राज्यमन्त्री अर्यालले नेपालले हालसम्म स्वास्थ्यको क्षेत्रमा हासिल गरेको उपलब्धिका बारेमा प्रकाश पार्दै सहस्राब्दी विकास लक्ष्यको नजिक पुगेको बताइन् ।

उनले विगतमा नेपालले गरेको सफल अभ्यासको सिकाइलाई आत्मसात् गरी विश्व स्वास्थ्य संगठनको नीति, योजना र कार्यक्रम निर्माणमा नेपालको पनि प्रभावकारी भूमिका हुनुपर्नेमा जोड दिएकी थिइन् ।

मन्त्री अर्यालले बुधबार नै भारतका स्वास्थ्यमन्त्री जगतप्रकाश नाडा र चिनियाँ प्रतिनिधिमण्डलसँग भेट गर्दै स्वास्थ्य क्षेत्रमा भएका सहकार्य, आगामी दिनमा हुनसक्ने साझेदारीका बारेमा छलफल गरेकाे बतार्इएकेा छ ।
रासस

 

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top