Nepal Times
Nepal Times
3
Shares

संघीय सांसदहरूलाई परिमार्जित लोगो तयार, हट्यो भद्दा लोगो

संघीय सांसदहरूलाई परिमार्जित लोगो तयार, हट्यो भद्दा लोगो

१३ कात्तिक, काठमाडौं ।

संघीय सांसदहरुले लगाउने लोगो परिमार्जन गरिएको छ । परिमार्जित लोगो सांसदहरुले आएर नयाँ लोगो लैजान सक्ने संसद सचिवालयले बताएको छ ।

संसद सचिवालयले साउन अन्तिम साता लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नेपालका नयाँ नक्सा भएको लागो बनाएको थियो । तर निक्कै भद्दा भएको भन्दै चौतर्फी आलोचना भएपछि संसद सचिवालयले लागो बनाउने घरेलु तथा साना उद्योग कार्यालयलाई नै फिर्ता गरेको थियो ।

अहिले सुधारिएको लोगो आएको छ । ‘नयाँ लागो बनाउन लागेको खर्च पहिले जसले बनाएको थियो, उसैले व्यहोरेको छ’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने ।

संघीय संसद सचिवालयका अनुसार १७० भन्दा बढी परिमार्जित लोगो घरेलुले पठाइसकेको छ । संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत केही सांसदहरूले नयाँ लोगो लगिसकेका छन् ।

संघीय संसदको लोगोको डिजाइन कलाकार टेकवीर मुखियाले गरेका हुन् । उनले भद्दा लोगो सार्वजनिक भएपछि आपत्ति जनाएका थिए । निर्माता र संसद सचिवालयले हतारमा आफ्नो ‘रफ डिजाइन’लाई नै अन्तिम रूप दिएको भन्दै उनले असन्तुष्टि जनाएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.