×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण

३ भाद्र २०७७

३ भाद्र, काठमाडौँ ।
संघीय संसद्का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अछाम क्षेत्र नम्बर २ का बोगटी हाल लतिपुरमा कोठा लिएर बसेका थिए । उनको होम आइसोलेसन बस्न मिल्ने संरचना नभएकैले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् । साउन ३० मा पीसीआर गरेका उनको रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा गएका हुन् ।

‘मलाई कोरोनाको केही लक्षण छैन,’ उनले भने, ‘सावधानी अपनाउँदा अपनाउँदै को बाट सऱ्यो थाहा छैन ।’ नेकपाका महासचिव विष्णु पौडेलका पीएसओलाई पोजिटिभ देखिएपछि बोगटी र उनका पीएले पनि स्वाब दिएका थिए । पीएको ३१ गते नै कोरोना पोजेटिभ रिपोर्ट आयो भने बोगटीको रिपोर्ट नेगेटिभ आयो ।

‘नेगेटिभ आएपछि अरुसँग पनि घुलमिल भए । रिपोर्ट नआउँदासम्म छुटटै बसेको थिए । परिवारसँग पनि नजिक भए,’ बोगटीले भने,‘ हिजो (मंगलबार) त फेरि पोजेटिभ भएको रिपोर्ट पो आयो ।’ नेगेटिभ आए पनि सोमबार दिउँसो काठमाडौं महानगरपालिकाका कर्मचारीले पोजिटिभ आएको भन्दै फोन गरेपछि उनले ल्याबमा फोन गरेर बुझेका थिए ।

‘ल्याबबाट नेगेटिभ म्यासेज आएको थियो । काठमाडौं महानगरपालिकाका कर्मचारीले भने पोजिटिभ आएको भन्दै फोन गरेपछि के भएको हो भनेर बुझ्दा फेरि पोजेटिभ भएको म्यासेज आयो,’ उनले भने । तीन दिनअघि नेगेटिभ रिपोर्ट आएर खुसी भएका उनी त्यही स्वाबबाट पोजेटिभ रिपोर्ट आएपछि आत्तिएनन् बरु आत्मबल दह्रो बनाएर आइसोलेसनमा गए ।

कोरोनाले कुनै जात, पद नहेर्ने भएकोले सावधानी अपनाउन उनको आग्रह छ । ‘चाहेर वा नचाहेर कसैलाई कोरोना हुने होइन । यसले मान्छे चिन्दैन,’ उनले भने, ‘सावधानीचाहिँ अपनाउनु पर्ने देखियो । सामाजिक दूरी कायम गरौं ।’ आइसोलेसनमा बस्दा पनि आत्तिनेभन्दा पनि आत्मबल दह्रो बनाउनु पर्ने उनको सुझाव छ ।

‘आइसोलेसनमा बस्दा पनि आत्तिएको छैन । आफन्त र पार्टीका साथीहरुसँग फोनमा कुरा गरिरहेको छु,’ उनले भने, ‘निरास हुँदै कोरोनाबाट मुक्त हुन सकिँदैन भन्ने सुनेको छु । त्यसैले मलाई कोरोना लागेको छ भन्ने नै बिर्सेर बसेको छु ।’

यसअघि संघीय संसद्का सांसद प्रदीप यादवलाई कोरोना लागेको थियो । प्रदीप यादव भने कोरोनामुक्त भइसकेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top