१४ चैत, काठमाडौँ । दाङ (कास)– बालगृहमा रहँदै आएकी बालिकामाथि त्यसका सञ्चालकबाटै बलात्कार भएको भन्दै उजुरी परेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
बालगृहमा रहेका बालबालिका जोखिममा रहेको पाइएपछि स्थानान्तरण गर्न थालिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । ‘बालबालिकालाई तुलसीपुर उपमहानगरसँग समन्वय गररे सुरक्षित स्थानमा राख्ने तयारी भइरहेको छ,’ उनले भने, ‘बालगृहमा समस्या देखिएपछि अन्यत्र स्थानान्तरण गररे सुरक्षित गराउन थालिएको हो।’ बालगृहमा ९ बालक र ७ बालिका बस्दै आएका थिए ।
तीमध्ये पीडित बालिकालाई छुट्टै ‘सेफ हाउस’ मा राखेर मनोपरामर्श तथा उपचार गरिएको छ । ३१ वर्षीय चौधरी २०६५ चैत १५ मा बिजौरीमै भएको अर्को एक सामुहिक बलात्कार मुद्दामा दोषी ठहर भएका थिए । उनी २०७५ माघ ३ मा पक्राउ परी ८८ दिन जेल बसेर छुटेका थिए । उनी त्यतिबेला पुनरावलोकनको निवेदन दिएर छुटेका थिए । सर्वोच्च अदालतले २०७२ फागुन ३० मा ९ वर्ष ११ महिना २ दिन कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरको े थियो।



