×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संविधान विपरित कानुन निर्माण गर्न पाउने भ्रममा नपर्न प्रदेश र स्थानिय सरकारलाई सचेत

९ जेष्ठ २०७६

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रदेश र स्थानीय सरकारले संविधान र संघीय कानुन प्रतिकूल हुनेगरी कानुन बनाए बदर गर्ने चेतावनी दिएका छन् । मन्त्री ढकालले संविधान र कानुन विपरित चल्न नदिन प्रदेश र स्थानीय सरकारले सबै कानुनको कपी संघीय सरकारलाई अनिवार्य उपलब्ध गराउने व्यवस्था गरिएको पनि स्पष्ट पारे । बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधान र संघीय कानुन विपरितका कानुन निर्माण गर्न पाउने भ्रममा नपर्न पनि प्रदेश र स्थानीय सरकारलाई सचेत गराए । मन्त्री ढकालले सरकारले संविधान बमोजिमनै विधेयक निर्माणको काम गरिरहेको दावी पनि गरे । मन्त्री ढकालले विधेयक निर्माणका लागि विज्ञहरुको सुझाव लिन पनि सरकार प्रतिवद्ध रहेको बताए । उनले विधेयक निर्माणको कामलाई छिटो पूर्णता दिन पनि मातहतका सबै निकायलाई सचेत गराएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top