×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘संविधान संशोधनमा पनि हस्ताक्षर हुन्छ’

८ जेष्ठ २०७५

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विषयमा मधेसवादी दलहरूसँग सहमति भइसकेको बताउनुभएको छ। उहाँले सरकारमा सहभागी हुने कुरामा टेक्निकल्ली कुरा मिल्यो भने संविधान संशोधन गर्ने विषयमा हस्ताक्षर हुने बताउनुभएको हो।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संविधान संशोधनको विषय छुटेको भन्दै राजपाले आपत्ति जनाएपछि अध्यक्ष प्रचण्डले संविधान संशोधनको कुरामा यस बीचमा मधेसमा सरकार बनाउने पार्टीहरूसँग कुरा भइरहेको बताउनुभयो। ‘प्रधानमन्त्री ओली, म र मधेसवादी पार्टीहरूको बीचमा कुरा हुँदा संविधान संशोधनको विषयमा राजनीतिक सहमति पनि भइसकेको छ।’

उहाँले निर्वाचनमा आफूहरूले गरेको घोषणपत्रकै आधारमा नीति तथा कार्यक्रम आएको बताउँदै जनताको अगाडि गरेको प्रतिबद्धताअनुसार काम गर्ने गरी कार्यक्रम आएको प्रतिक्रिया दिनुभयो। ‘नीति तथा कार्यक्रमले विकास, समृद्धि र सुशासनको यात्र तय गर्ने संकल्प गरेको छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘आउने बजेटले जनताको चाहना र भावना समेटेर आउँछ।’, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top