×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

संसदमा प्रश्न उठ्नासाथ राजीनामा दिने मन्त्रीहरु को–को हुन् ?

६ चैत्र २०८०

६ चैत , काठमाण्डौ ।

नयाँ सरकारमा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्दै सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेसँगै सत्तापक्षबाट प्रतिपक्ष बनेको नेपाली कांग्रेसले लगातार रविको राजीनामा माग गरिरहेको छ। प्रतिपक्षकै माग वमोजिम आज प्रधानमन्त्रीले रविका विषयमा उठेका प्रश्नका बारेमा संसदमा जवाफ दिएका छन् ।

तर प्रतिपक्षले प्रधानमन्त्रीको जवाफ चित्त बुझाएन । रविको लगातार राजीनामा माग गर्दै उनीविरुद्ध छानविन गर्न संसदीय समितिको माग गरेका नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्मा प्रश्न उठाइएपछि मन्त्रीले राजीनामा दिएका चार उदाहरण प्रस्तुत गरेका छन् । उनले यसअघि प्रश्न उठ्नासाथ विभिन्न समययमा मन्त्रीहरुले राजीनामा दिएको दृश्टान्त दिँदै त्यसै गरी रविले पनि राजीनामा दिनु पर्ने आशय ब्यक्त गरे ।

प्रधानमन्त्रीको जवाफ सुनेपछि लेखकले भने “प्रधानमन्त्रीजीले नेपाली कांग्रेस संसदीय अभ्यासको लामो अनुभव भएको बताउनुभयो । हामीलाई हाम्रो इतिहास स्मरण छ,” मंगलबार प्रतिनिधिसभा बैठकमा लेखकले भने, “यसैगरी मन्त्रीका विषयमा यो सदनमा विगतमा पनि प्रश्न उठेको छ । डा. रामशरण महतको विदेशी बैँकमा खाता छ, राजीनामा दिनुपर्छ भनेर संसद्मा आवाज उठ्यो, उहाँले राजीनामा दिनुभयो । शेरबहादुर तामाङको बोलीका विषयमा प्रश्न उठ्यो, उहाँले राजीनामा दिनुभएको छ । गोकुल बाँस्कोटा यही हुनुहुन्छ, उहाँको विषयमा प्रश्न उठेपछि राजीनामा दिनुभएको छ ।”

प्रश्न उठाइएकै कारण पछिल्लोपटक जनार्दन शर्माले राजीनामा दिएको उनले उल्लेख गरे । विगतमा अरू मन्त्रीका विषयमा पनि प्रश्न उठाइएपछि संसदीय छानबिन समिति गठन गरिएको उनले बताए । अहिले प्रधानमन्त्रीको दाबीका कारण पनि छानबिन समिति आवश्यक भएकामा उनले जोड दिए । “भरतमोहन अधिकारीले बजेट ल्याउँदा कतिपय विषय बाहिरिएको भनेर संसदीय छानबिन समिति बनेको छ ।

विष्णु पौडेलको बजेटको सूचनाका विषयमा पनि प्रश्न उठेपछि संसदीय छानबिन समिति गठन गरिएको छ,” लेखकले भनेका छन् । कांग्रेसले रविमाथिको छानविनका लागि संसदीय समितिको माग पूरा नभए भोलिदेखि संसद नै चल्न नदिने बताइरहदा रविले भने कांग्रेसले लगातार ४ वर्ष संसद अवरुद्ध गरेपनि आफु निरन्तर काम गरिरहने बताएका छन् ।

उनले ठाडो उजुरीका आधारमा राजीनामा नदिने बताएका छन् । यस्तै प्रधानमन्त्री र अर्काे सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि रविविरुद्ध सहकारी प्रकरणमा कुनै प्रमाण नभेटिएको भन्दै छानविन र राजीनामा नदिने बताइसकेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top