×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

संसद् विघटन मेरो इच्छा होइन, भारी मनले निर्णय गरेँः प्रधानमन्त्री ओली

६ पौष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नु आफ्नो रहर नभइ बाध्यता भएको बताएका छन् ।

आफू निकटका सांसदहरूसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले देशको उन्नतिका लागि गरेका हरेक काममा अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरू कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको जिकिर गरेका हुन् ।

पार्टीका एकथरि नेताले पार्टीलाई नागरिकले सुम्पेको जनादेश बिर्सेर सधैँ सरकारका काममा अवरोध मात्रै गरेकोले आफूले यस्तो कदम चाल्न बाध्य भएको उनको दाबी छ ।

प्रचण्ड र माधव नेपालले पार्टी एकतामा भावनात्मक सम्मानका लागि गरिएको व्यवस्थालाई दुरुपयोग गरेर पछाडि फर्कनै नसक्ने गरी समीकरणका आधारमा पार्टीलाई चिरा पार्ने काममा अग्रसर भएकाले पार्टीको आन्दोलन र भविष्य जोगाउन अरू कुनै विकल्प नभएपछि जनादेशका लागि नागरिकमा जाने निर्णय गरेको उनको भनाइ छ ।

नागरिकले दिएको विश्वास पूरा गर्न अवरोध गरेपछि त्यस अवरोधलाई पनि जनता समक्ष नै प्रस्तुत गर्न ताजा जनादेशको निर्णयमा पुग्नु परेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नागरिकको मतबाट निर्णय लिने कदमलाई निरङ्कुश भनेर दुष्प्रचार गर्ने काम भएको बताए ।

उनले सरकार गठन भएको केही समयदेखि नै देशलाई समृद्ध बनाउने र नागरिकलाई सुखी बनाउने हरेक कदममा व्यक्तिगत स्वार्थ तेर्स्याएर पाइला छेक्ने प्रयास भएको बताए ।

प्रधानमन्त्री ओलीले लामो समयदेखि लथालिङ्ग रहेको देशको अवस्था सुधार्न गरिएका कामलाई ओझेलमा पार्न तिनै बेथितिका झिल्काहरू टिपेर देश बर्बाद भएको भन्दै दुष्प्रचार भइरहेको बताए ।

‘साढे दुई वर्षमा यति धेरै अवरोधका बीच पनि विकास र समृद्धिका सुस्पष्ट योजनासाथ अघि बढ्यौँ र यसमा सफलता पनि पाएका छौँ । वर्षाैँदेखि पछौटे रहेको देश एकै पटक बनिसकेको हुँदैन, त्यही क्रममा बेथितिका झिल्का देखाएर केही नगरेको भन्ने प्रचारबाजी भए’, प्रधानमन्त्रीले भने, ‘सरकारले के गरिरहेको छ र त्यसलाई बदनाम गर्न के प्रचार भइरहेको छ नागरिकले बुझेका छन् ।’

प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभाका सदस्यहरूलाई निर्वाचन क्षेत्रमा केन्द्रित रहेर चुनावी तयारी गर्न निर्देशन दिए । ‘तपाईँहरु अब निर्वाचन क्षेत्र जानुहोस्, हामीले गरेका अभूतपूर्व कामलाई रोक्न भएका षड्यन्त्रबारे नागरिकलाई बुझाउनुहोस्’, प्रधानमन्त्री ओलीले भने, ‘कसले काम ग¥यो, कसले काम गर्न अवरोध गरेर षड्यन्त्र तिकडम मात्र ग¥यो, नागरिकलाई बुझाउनुपर्छ ।’

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top