Nepal Times
Nepal Times
3
Shares

संसद विघटनविरुद्ध प्रचण्ड–माधव समूह सडकमा (तस्बिरसहित)

संसद विघटनविरुद्ध प्रचण्ड–माधव समूह सडकमा (तस्बिरसहित)

१० पौष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले माईतीघर मण्डलाबाट संसद विघटन विरुद्धको आन्दोलन शुरु गरेको छ ।

शुक्रबार प्रचण्ड–माधव समुहका शिर्ष नेताहरु अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहित बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, विघटित प्रतिनिधी सभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरु लगायतका नेता कार्यकर्ताहरु उपस्थित भएर संसद विघटन विरुद्धमा आन्दोलन शुरु गरेका हुन् ।

नेताहरुले ‘प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम खारेज होस्’, ‘हामी यहाँ छौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित नेताहरु उपस्थित भएका छन् ।

विरोध प्रदर्शनमा नेता कार्यकर्ताले नाराबाजी समेत गरेका थिए । प्रचण्ड–माधव समूहको बिहिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

शुक्रबार काठमाडौँमा केन्द्रीय सदस्यहरु, विघटित प्रतिनिधि सभाका सांसदहरु लगायतको उपस्थितिमा बिरोध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । शुक्रबार नै दिउँसो २ बजे अध्यक्षद्धय प्रचण्ड र नेपालले पत्रकार सम्मेलन गर्दैछन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.