Nepal Times
Nepal Times
3
Shares

संसद विघटनविरूद्धका मुद्दाको सुनुवाइ जारी; संवैधानिक इजलासले तोक्यो वकिललाई बहसको समय

संसद विघटनविरूद्धका मुद्दाको सुनुवाइ जारी; संवैधानिक इजलासले तोक्यो वकिललाई बहसको समय

७ माघ, काठमाडौँ । प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाहरूमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । आज रिट निवेदकका तर्फबाट पहिलो बहस बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले गरेका छन् ।

इजलासले ज्ञवालीलाई बहसका लागि ३० मिनेटको समय तोकिदिएको छ ।

यसअघि इजलासमा वकिललाई बहसको समय तोकिएको थिएन । एउटै वकिलले घन्टौं बहस गर्न थालेपछि न्यायाधीशले समयको ख्याल गर्न भनेका थिए तर समय तोकेका थिएनन् ।

’आजदेखि हामीले समय निर्धारण गरेका छौं, समयभित्रै रहेर बहस गर्नुहोला तपाईंको लागि आधा घन्टा समय छ, बहस सुरू गर्नुहोस्,’ ज्ञवालीले बहस गर्नुअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने।

सबै वकिललाई यति नै समय दिइन्छ कि फरक(फरक हुन्छ भन्नेबारे उनले खुलाएनन्।

रिट निवेदकका तर्फबाट साढे ३ सय वकिलले बहसका लागि निवेदन दिएका छन्। यति धेरै जनाले लामो(लामो बहस गर्दा धेरै समय लाग्ने भन्दै इजलासले समय तोकेको हो।

संवैधानिक इजलासमा आइतबारदेखि प्रतिनिधि सभा विघटनका मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.