×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

‘सकम्बरी’ले गर्याे प्रतिलिपि अधिकारको उल्लंघन/प्रकाश सपुतले ‘सकम्बरी’सच्याउनु पर्ने

११ बैशाख २०८०

११ वैशाख, काठमाण्डौ ।
गायक एवं निर्माता प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ले प्रशंसा र आलोचना खेप्दै करोड क्लबमा पुगिसकेको छ । गीत र भिडिओ सार्वजनिक भएपछि सर्वाधिक चर्चा कमाएको सपुतको सकम्बरी (फूलमाया) गीतको भिडियोलाई लिएर पारिजात स्मृति केन्द्रले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

केन्द्रले सकम्बरी (फूलमाया) गीतको भिडियोमा पारिजातको कृति ‘शिरीषको फूल’का दुई पात्रहरूको नाम सकम्बरी र सुयोगबीर राखेकोमा आपत्ति जनाएको छ । साहित्यकार पारिजातद्वारा लिखित उपन्यास शिरीषको फूलकी पात्र सकम्बरीको चरित्रसँग गीतको भिडियोको पात्रको कुनै पनि प्रकारले मेल नखाने भन्दै केन्द्रले भनेको छ, “कुनै पनि प्रकारले मेल नखाने पात्रलाई सकम्बरी नाम दिनु, पुरुष पात्रलाई सुयोगबीर नाम दिनु र शिरिषको फूल पुस्तकसमेत देखाउनुलाई संयोग मात्र मान्ने अवस्था देखिएन ।

यसरी पारिजातद्वारा लेखिएको कृति प्रयोग गर्नका लागि यस केन्द्रसँग कुनै स्वीकृति लिएको छैन । यसबाट प्रतिलिपि अधिकारको पनि उल्लंघन भएको छ ।” पारिजात स्वयं नारी सशक्तिकरणका लागि लडेको व्यहोरासमेत स्मरण गर्दै महिलाको छविलाई सामान्यीकरण गरी नकारात्मक रुपमा प्रस्तुत गरिएको गीतको छायांकनमा अप्रासंगिक रूपमा शिरीषको फूल पुस्तक प्रयोग गरिएको भन्दै केन्द्रले आपत्ति जनाएको छ।

“अनिधिकृत छायांकनबाट सुप्रशिद्ध साहित्यकार पारिजातको कृतिमाथि अन्याय हुनुका साथै उहाँको छविलाई अमर्यादित पार्ने काम भएको पारिजात स्मृति केन्द्रको ठहर छ” केन्द्रले भनेको छ, “स्मृति केन्द्र सर्जकको स्वतन्त्रताप्रति सदैव संवेदनशील रही आएको छ ।लेखकीय स्वतन्त्रताको पक्षधर रहेको पनि जानकारी गराउँदै प्रकाश सपुतलाई क्षमायाचना गर्न तथा त्यस्ता दृष्यहरु सच्याउन माग गर्दछ ।”

‘सकम्बरी’ले सात दिनमै एक करोडभन्दा बढी पटक हेरिने नेपाली गीतको युट्युब रेकर्ड राखेको छ । सकम्बरी ११ औं दिनसम्म आउदा पनि यो गीत रिलिज भएकै दिनदेखि युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा रहँदै आएको छ । गीतले महिलाको भावनामाथि खेलबाड गरेको आरोप लाग्दै आएपनि गायक सपुतले भने यसको खण्डन गर्दै आएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top