Nepal Times
Nepal Times
3
Shares

सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति

सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति

११ मंसिर, काठमाडौँ ।

मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको छ ।

बुधबार बसेकाे मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

उनले भनिन्, ‘सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका लागि प्रस्ताव प्रस्ताव मन्त्रिपरिषद्मा लगेकी थिएँ । उक्त प्रस्ताव स्वीकृत भएको छ । अब मन्त्रालयले छिट्टै सगरमाथाको नयाँ उचाइ आधिकारीक रूपमा घोषणा गर्नेछ ।’

सगरमाथाको उचाइ यकिन गर्नका लागि नेपाली र चिनियाँ सरकारी टोलीले संयुक्त रूपमा काम गरेका थिए । दुवै मुलुकका सरकारी कमिटीले प्रतिवेदन तयार पारेका थिए । नेपालको सरकारी समितिले सगरमाथाको उचाइ नापजाँचको प्रतिवेदन मन्त्री अर्याललाई बुझाएपछि सार्वजनिक गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गएको थियो ।

मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै छिट्टै सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।  अबको केहीदिनमै सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने तयारी गरिएकाे जनाइएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.