Nepal Times
Nepal Times
3
Shares

सङ्क्रमित थपिदैं गएकाले कोरोना महामारीको अन्त्य हुन समय लाग्ने

सङ्क्रमित थपिदैं गएकाले कोरोना महामारीको अन्त्य हुन समय लाग्ने

३१ चैत्र, विराटनगर ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारीको अन्त्य हुन समय लाग्ने बताएको छ ।

विश्वमा कोरोना सङ्क्रमित थपिने क्रम बढ्दै गएको र धेरै देशमा सङ्क्रमितहरुले ज्यान गुमाएका भन्दै डब्ल्यूएचओले स्वास्थ्य मापदण्डको पालना र आत्मसंयमता कायम गर्न आग्रह गरेको छ ।

सङ्गठनकाका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रिसियसले कोरोना महामारी अन्त्य हुन धेरै समय लाग्ने भएकाले स्वास्थ्य मापदण्डका उपायहरु पालना गर्न सुझाव दिए ।

समाज, अर्थतन्त्र, व्यापार, यात्रा जस्ता क्रियाकलाप पुनः सुरु भएको देख्ने सबैको चाहना भए पनि महामारी नियन्त्रणको विकल्प स्वास्थ्य मापदण्डका पालना गर्नु नै रहेको उनको भनाइ छ ।

डब्ल्यूएचओका इपिडिमियोलोजिस्ट मारिया भानले कोरोनाको सङक्रमण दर पछिल्लो हप्ता ९ प्रतिशत र मृत्युदर ५ प्रतिशतले बढेको बताइन् ।

उनले सङ्क्रमणलाई हलुका रुपमा लिन नहुनेमा जोड दिइन् । कोरोना महामारीबाट सबैभन्दा प्रभावित अमेरिका रहेको छ ।

त्यसपछि भारत विश्वमा दोस्रो सबैभन्दा धेरै सङ्क्रमित रहेको सूचीमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.