Nepal Times
Nepal Times
3
Shares

सडकमा गीत गाएर जीविकोपार्जन गर्ने दृष्टिविहीनलाई खाद्यान्न सहयोग

सडकमा गीत गाएर जीविकोपार्जन गर्ने दृष्टिविहीनलाई खाद्यान्न सहयोग

१ कात्तिक, काठमाडौँ ।
दशैंको बेला भोकै बस्नु नपरोस भन्दै अभियान्ताहरुले दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराएका छन् । कोभिड–१९ को कारण अप्ठेरो अवस्थामा रहेका करिब १ सय ५० दृष्टिविहीनहरुका लागि अभियान्ताहरुले राहतस्वरुप खाद्यन्न उपलब्ध गराएका छन् । शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बस्दै आएका दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराइएको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय र विभिन्न संघसंस्थाहरुको सहयोगमा उपत्यकामा बसोबास गर्दै आएका दृष्टिविहीनहरुलाई खाद्यन्न सहयोग उपलब्ध गराइएको अभियान्ताहरुले बताएका छन् । सामाजिक अभियान्ता बिमल पन्तले दशैंको बेला खानेकुराको समस्या नहोस भन्ने उद्देश्यले महानगरीय प्रहरी आयुक्तको कार्यालय र विभिन्न संघसंस्थाको सहयोगमा करिब १ सय ५० दृष्टिविहीहरुलाई खाद्यान्न सहयोग गरिएको बताए ।

कुनैपनि आयस्रोत नभएका र सडकमा गीत गाएर संकलन गरेको रकमबाट जीविकोपार्जन गर्दै आएका दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराइएको पन्तले बताए । राहतस्वरुप १५ दिनलाई पुग्ने नुन, तेल, दाल, चामल उपलब्ध गराइएको उनले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.