Nepal Times
Nepal Times
3
Shares

सडक विस्तारको नाममा विश्व सम्पदामा सूचीकृत स्वयम्भूलाई नभत्काउन अभियन्ताहरुको माग

सडक विस्तारको नाममा विश्व सम्पदामा सूचीकृत स्वयम्भूलाई नभत्काउन अभियन्ताहरुको माग

१४ मंसिर, काठमाडौं । विश्व सम्पदामा सूचीकृत ऐतिहासिक स्वयम्भू क्षेत्रको कुनै पनि भाग नभत्काउन सरोकारवाला पक्षले माग गरेका छन् ।

स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले काठमाण्डौको स्वयम्भू क्षेत्रमा पत्रकार सम्मेलन गर्दै ऐतिहासिक क्षेत्रको कुनै पनि भाग भत्काउन नहुने बताएको हो । अभियानले सडक विस्तारका क्रममा ऐतिहासिक सम्पदा मासिन लागेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

चीनको सहयोगमा अहिले सडक विभागले चक्रपथ विस्तार गर्दै काठमाण्डौको कलंकीदेखि चाबहिलसम्मको सडकलाई फराकिलो पार्ने काम गरिरहेको छ । विकास निमार्णका नाममा धार्मिक सम्पदा भत्काइँदा बौद्धमार्गीको आस्थामा असर पारेको अभियन्ताले जनाएका छन् ।

सडक विभागले स्वयम्भू परिसरमा भत्काइने क्षेत्रमा चिन्ह लगासकेको छ । तर विश्व सम्पदामा सूचीकृत भएको क्षेत्रमा डोजर लगाएर सडक निर्माण गर्न नपाइने कुरामा समेत ध्यान नदिइएको भन्दै अभियन्ताले आक्रोश पोखेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.