Nepal Times
Nepal Times
3
Shares

सत्याग्रहमा बसेका डा. केसीलाई जबर्जस्ती अस्पताल लगियो

सत्याग्रहमा बसेका डा. केसीलाई जबर्जस्ती अस्पताल लगियो

४ असोज, जुम्ला । चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा १९ औं सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीलाई प्रहरीले शनिबार राति जबर्जस्ती अस्पताल लगेको छ ।

गएराति एघार बजे प्रहरीले उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको डा. केसीका सहयोगी स्थानीय युवा महेन्द्र कार्कीले बताए ।

चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालका अनुसार डा. केसीको नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसो अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए । तर उनी अस्पताल नजाने अडानमा थिए ।

अस्पताल लगिएपछि डा. केसीले अस्पतालको आइसियूबाट माग पूरा गुर्नको साटो प्रहरीले अपहरण शैलीमा उठाएकाले कुनै पनि उपचार नलिने बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.