Nepal Times
Nepal Times
3
Shares

सनराईज बैंकद्वारा डिजिटल माध्यमबाट क्यालेन्डर विमोचन

सनराईज बैंकद्वारा डिजिटल माध्यमबाट क्यालेन्डर विमोचन

२८ चैत, काठमाडौँ ।
पछिल्लो समय सरकारी तथा बैंकिङ क्षेत्रहरुमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको छ । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम बढेपछि सामाजिक दुरी कायम गर्न र सरकारी निर्णयहरुको पालना गर्न बैंकिङ क्षेत्रहरुले यसलाई प्राथमिकता दिएका छन् ।

डिजिटल माध्यमबाट गोष्ठि र छलफल मात्रै नभएर औपचारिक कार्यक्रम समेत हुन थालेका छन् । सनराईज बैंकले डिजिटल माध्यमबाट नै शुक्रबार औपचारिक कार्यक्रम गरी वर्ष २०७७को वार्षिक क्यालेण्डर विमोचन गरेको छ । अहिलेको विषम परिस्थितिमा ‘वर्क फ्रमहोम’लाई प्राथमिकता दिँदै सूचनाप्रविधिको क्षेत्रमा कर्मचारीलाई प्रोत्साहन गर्न कार्यक्रम गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ जनकराज पौडेलले बताए । आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै सेवा प्रवाहको अभ्यास स्वरुप क्यालेण्डर विमोचनको कार्यक्रम डिजिटल माध्यमबाट गरिएको उनले बताए ।

औपचारिक कार्यक्रम भएपनि बैंकका सम्पर्ण कर्मचारीहरु आ—आफ्नो ठाउँबाट नै प्रविधिको सहयोगमा जोडिएका थिए । लक डाउनको समयमा प्रविधिको प्रयोग बढ्दो पाइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.