Nepal Times
Nepal Times
3
Shares

सनराईज बैंकले ३ अर्वको ऋण पत्र जारी गर्ने

सनराईज बैंकले ३ अर्वको ऋण पत्र जारी गर्ने

१९ कात्तिक, काठमाडौँ ।

सनराईज बैंकले व्यापार विस्तारका लागि थप ३ अर्वको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुककै पूजी बजारको विस्तारका लागि बुधबार (भोली)बाट सो रकम बराबरको ऋण पत्र निश्कासन गर्ने जानकारी गराएको हो ।

वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदरमा सो ऋण पत्र जारी हुँदैछ । निरन्तर उच्च प्रतिफल लिईरहने ग्राहकका लागि सो ऋण पत्र अति उपयोगी हुने बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बताए ।

बैंकको ऋण पत्र ७ वर्ष अवधिको हुनेछ । त्यसको ब्याजको भुक्तानी ६/६ महिनामा गर्ने योजना पनि तय गरिएको बैंकले जनाएको छ । बैंकका ऋण पत्र चाँडोमा कार्तिक २४ गते र त्यस भित्र विक्री नभएमा मंसीर १९ गतेसम्म विक्री खुला हुने समय पनि निर्धारण गरिएको छ । सो ऋण पत्रको निष्काशन तथा विक्री प्रबन्धक भने सिद्धार्थ क्यापिटल रहेको छ ।

ऋण पत्रका लागि सो बैंकको सबै कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था पनि गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.