×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सन्तानसहित कर्णालीमा हाम फालेर सामूहिक आत्महत्याः श्रीमान् विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा

१२ चैत्र २०७७

१२ चैत, दैलेख । चार सन्तानसहित कर्णाली नदीमा हाम फालेर सामूहिक आत्महत्या गरेकी आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालका श्रीमान् विरुद्ध जिल्ला प्रहरी कार्यालय दैलेखले आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको छ ।

सुकीका श्रीमान् ४३ वर्षीय मानसिंह बडुवाललाई कारबाहीको माग गर्दै सुकीका भाइ बजीरसिंह थापाले दिएको उजुरीका आधारमा मानसिंहलाई बिहीवार पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक (इन्स्पेक्टर) इन्द्रजीत सुनारले बताए ।

सुकी आफू, तीन छोरी र एक छोरासमेत पाँच जनाले गएको फागुन २४ गते बिहान कर्णालीमा हाम फालेर ज्यान गुमाएकी थिइन् । घटनामा सुकी, उनका छोरीहरू १५ वर्षीया कल्पना बडुवाल, १२ वर्षीया सरिता बडुवाल, सात वर्षीया रोशनी र १० वर्षीय छोरा ललित बडुवालको ज्यान गएको थियो ।

घटना भएकै दिउँसो कल्पना र सरिताको शव नदीमा भेटिएको थियो । त्यसको भोलिपल्ट फागुन २५ गते सुकी र उहाँका छोरा ललितको शव, त्यस्तै १० दिनपछि कान्छी छोरी रोशनीको शव कर्णाली नदीमै भेटिएको थियो ।

आठबीस नगरपालिका ३ जाक्सी तलको कर्णाली नदीमा हाम फालेर ज्यान गुमाएका आमासहित पाँचै जनाको शव अछामको पञ्चदेवलविनायक नगरपालिका ४ बेलखेत र अछामकै तुर्माखाँद गाउँपालिका ३ असाराघाट नजिक कर्णाली नदी किनारमा भेटिएको थियो ।

शव भेटिएकै जिल्लामा मुद्दा चलाउने प्रहरीको तयारी भए पनि ज्यान गुमाउनेहरू पनि दैलेखकै भएको र उजुरीकर्ताले पनि दैलेखमा मुद्दा चलाउँदा आफूहरूलाई सहज हुने जनाएपछि जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दर्ता गराइएको निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए ।

घटनाको उपज

सुकी र चार सन्तानको आत्महत्या दुरुत्साहनमा मुद्दा चलाइएका सुकीका श्रीमान् मानसिंह बडुवालले मिडिया चर्चा भएजस्तो ज्यादै धेरै तनाव दिएको नदेखिएको घटनालगतै अनुसन्धानमा संलग्न दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले प्रतिक्रिया दिए ।

घटनाबारे आरोपित मानसिंह बडुवालले भने, ‘भारतबाट आएको तीन महिना भएको थियो । बच्चा बसेछ, उसले फाल्दिउँ भनी मैले हुन्छ भनेँ । त्यसका लागि गाउँमा ब्याजे लगाएको १० हजार फिर्ता मागेर ल्याएँ, एक हजार मासेँ । पाँच हजार बाकसमै छोडिछ, चार हजार लिएर छोराछोरी लिएर सबैको ज्यान हालिछ (फालिछ) । अहिले माइतीले मुद्दा हाले, कानुन मान्नै प¥यो । बच्चा फाल्ने कुरा पनि नाइँ भनेको थिइनँ, उसका मनमा के होर चल्यो । आफू र बच्चाहरूसमेतको ज्यान हाली । आफू गइ–गइ, मलाई बाँचेको फाँदो ।’ तर उजुरीकर्ता बजीरसिंह थापाले मानसिंहले तनाव दिएका कारण आफ्नी दिदी सुकी र भान्जाभान्जीको ज्यान गएको प्रतिक्रिया दिएका छन् ।

घटनाको मनोवैज्ञानिक विश्लेषण

कल्पना र सरिताको हात एउटै डोरीले बाँधिएको र सुकीको पटुकी र छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । रोशनी सानो मान्छे भएका कारण बाँधिएको ठाउँबाट अलग्गिएका कारण ढिला फेला परेको हुन सक्ने त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक सन्देश ढकालको विश्लेषण छ ।

घटनाबारे समाचारमा आएका विवरणको आधारमा आमाले आत्महत्या गर्ने दृढता लिएको र आफू मरिसकेपछि बालबालिकाले दुःख पाउँछन् भन्ने चिन्ताले सबैको ज्यान जाने लिने निधो गरेको हुन सक्ने आफ्नो ठम्याइ रहेको मनोविद् विनोद पौडेलले बताए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top