×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सन्दीपलाई दोषी ठहराइएको अदालतको पूर्णपाठमा के छ ?

१६ माघ २०८०

१६ माघ ,काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्यामा काठमाडौं जिल्ला अदालतले गरेको फैसलाको पूर्णपाठ आएको छ । जसमा अदालतले सन्दीप लामिछानेले आफ्नो ख्याति (स्टारडम) को आडमा बलात्कार गरेको ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले २५ पुस, २०८० मा गरेको फैसलाको पूर्णपाठमा क्रिकेट खेलेर बनाएको व्यक्तित्वको दुरुपयोग गरी पीडितको कमजोर अवस्थाको फाइदा उठाएको ठहर गरेको हो ।

अदालतले बलात्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । त्यस्तै पीडितलाई जरिवाना बराबरको ३ लाख र सन्दीपबाट थप २ लाख भराउने गरी ५ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलामा उल्लेख छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले असमान शक्ति सम्बन्धमा कमजोर व्यक्ति अर्कोप्रति सहज रूपमा विश्वासमा परेको सर्वोच्च अदालतको नजिर उल्लेख गर्दै कुनै क्षेत्र विशेषमा ख्याति प्राप्त व्यक्ति र समर्थकबीच हुने करणी बलात्कार नै ठहर्ने फैसला गरेको छ ।

‘प्रतिवादी सन्दीप लामिछाने २२ वर्षका र निज नेपाली क्रिकेट टिमका कप्तान रही क्रिकेट खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका मानिस देखिन्छन् । पीडित (किशोरी) सन्दीप लामिछानेको खेलसमर्थक (फ्यान) देखिन्छिन’, फैसलाको पूर्णपाठमा भनिएको छ, ‘यस्ता निर्बल व्यक्तिलाई अर्को पक्षले सहजै दुरुपयोग गर्नसक्ने हुँदा त्यस्ता व्यक्तिहरु यौन जोखिममा रहेका हुन्छन् ।

यसरी जोखिममा रहेका व्यक्तिसँग हुने यौनक्रियाका सम्बन्धमा मञ्जुरीको प्रश्न उठेमा असमान शक्ति सन्तुलनको दृष्टिकोणबाट हेरिनुपर्ने हुन्छ।’ पीडितले प्रतिकार नगरेको अर्थात् मन्जुरी दिएको तथा सन्दीपलाई फसाइएको भन्ने तर्कविरुद्ध पनि अदालतले खण्डन गरेको छ ।

जिल्ला अदालतले अनपेक्षित घटनामा पीडितले प्रतिकार गर्ने अवस्थै नहुने उल्लेख गर्दै पीडित किशोरीले सन्दीपलाई फसाउनुपर्ने कुनै कारण नदेखिएको ठहर गरेको छ । ‘सन्दीप घटनाको दिनको भोलिपल्ट विदेश जाने योजनामा रहेको देखिन्छ । यस्तो अवस्थामा निजले पीडितलाई होटलमा लिएर जानु र आफूलाई तय गरिएको होटलमा नबसी पीडित बसेको कोठामा नै बसेको देखियो’, फैसलामा भनिएको छ, ’प्रतिवादीको मनसाय पीडितसँग करणी गर्नु रहेको भन्ने अनुमान गर्न सकिन्छ ।

पीडितले प्रतिवादीलाई फसाउनुपर्ने सम्मको कुनै कारण पनि देखिँदैन।’ साथै फैसलामा बलात्कार मुद्दामा पीडितको भनाइ नै मुख्य प्रमाण हुने पनि उल्लेख गरिएको छ । फैसलामा भनिएको छ, ‘बलात्कार मुद्दामा पीडित नै घटनाको आधारभूत गवाह भएको र अन्यथा नभएसम्म पीडितको भनाइ नै सर्वाधिक महत्त्वको प्रमाण हुने हुँदा पीडितले जबर्जस्ती गरेको भनेको अनि पीडित र प्रतिवादीको असमान हैसियत रहेको देखिएको अवस्थामा करणीको कार्यलाई मञ्जुरीमा भएको भन्न मिल्ने देखिएन।’

सन्दीपका कानुन व्यवसायीले सहमतिमा यौनसम्पर्क भएको, घटनास्थलमा गौशाला २६ बाट प्रतिवादका कुनै प्रमाण नभएको आदि कारण देखाएर बलात्कार भन्न नमिल्ने जिकिर गरेका थिए । जिल्ला अदालतले भने अनपेक्षित घटनामा पीडितले प्रतिकार गर्ने अवस्थै नहुने औंल्याएको छ । जिल्ला अदालतले यो घटनामा सन्दीपको करणी गर्ने मनसाय देखिएको ठहर गरेको छ ।

दिनभर नगरकोट घुमेको र बेलुका सिनामंगलस्थित होटल काठमाडौं इनमा ल्याएर राखेको र पीडित बसेकै कोठामा बस्नुले करणी गर्ने मनसाय देखिएको फैसलाको पूर्णपाठमा उल्लेख छ । पीडितले ‘सन्दीपले मलाई घरमा छाडिसक्यो’ भनी रुममेटलाई पठाएको म्यासेजलाई सन्दीपको निर्दोषिताको प्रमाण मान्न नसकिने पनि जिल्ला अदालतले उल्लेख गरेको छ ।

जिल्ला अदालतले घटना भएको बेला पीडितको उमेर १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ । जिल्ला अदालतले शैक्षिक प्रमाणपत्रका आधारमा कायम गरिदिएको जन्ममितिका आधारमा अर्को व्यक्तिलाई दायित्व निर्धारण गर्न नहुने औंल्याएको हो ।

यस्तै सन्दीप लामिछाने क्रिकेट खेल्न विदेश गएर नेपाल आएको देखिएको, उनले न्यायिक प्रक्रियामा सहयोग नै गरेको, पीडितलाई गम्भीर शारीरिक हानि नोक्सानी पुगेको नदेखिएको, पहिलोपटक कसुर गरेको आदि आधार देखाउँदै लामिछानेलाई ८ वर्ष कैद सजाय गरिएको फैसलामा उल्लेख छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top