Nepal Times
Nepal Times
3
Shares

सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त

सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त

१७ मंसिर, काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । उनले बुधबार सामाजिक सञ्जालमार्फत आफू १० दिन आइसोलेसन बसेपछि कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका छन् ।

उनले आफ्नो सुस्वास्थ्यका लागि कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले आफू मैदान फर्केर टिमको लागि राम्रो खेल्न आतुर रहेको पनि उल्लेख गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको यही मंसिर ११ गतेदेखि त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु भएको छ । नेपाल क्रिकेट संघ क्यानले मंसिर ९ गते गराएको पिसिआर परिक्षणमा पनि सन्दीप उपस्थित थिएनन् ।

अष्ट्रेलियामा हुने बिग बास लिग (बीबीएल)मा यसअघि लगातार दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका सन्दीप यस सिजन नयाँ टिम होबार्ट हुरिकेन्सबाट खेल्दैछन् । कोरोनामुक्त भएसंगै अष्ट्रेलियामा जानुअघि सन्दीप बन्द प्रशिक्षणमा समावेश हुने सम्भावना छ ।

डिसेम्बर १० देखि अष्ट्रेलियामा सुरु हुने बीबीएल खेल्न जानुअघि सन्दीपले एक साता जति राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुन सक्ने यसअघि उनका व्यवस्थापक रमन शिवाकोटीले जनाएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.