Nepal Times
Nepal Times
3
Shares

सन्दीप सम्मिलित स्टार्स बिग ब्यास लिगको क्वालिफायरमा

सन्दीप सम्मिलित स्टार्स बिग ब्यास लिगको क्वालिफायरमा

एजेन्सी, माघ ११
मेलबर्न स्टार्स बिग ब्यास लिगको क्वालिफयारमा प्रवेश गरेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्स शनिबार भएको आफ्नो लिग चरणको अन्तिम खेलमा ब्रिसबेन हिटसँग ७१ रनले पराजित भएपनि शीर्ष स्थानमा रहँदै क्वालिफयारमा स्थान पक्का गरेको हो ।

हिटले प्रस्तुत गरेको १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको स्टार्स १७.४ ओभरमा अल आउट हुँदै १ सय १५ रनमा समेटियो । ओपनर मार्कस स्टोनिसले ११ बलमा २ चौका र १ छक्का सहित १७ रन जोड्दै राम्रो सुरुवात दिलाएपनि मध्यक्रममा निरन्तर विकेट गुमाउँदा पराजित हुन पुगेको हो ।

पिटर हेन्डस्कम्ब २७ रनमा रन आउट भए । कप्तान ग्लेन म्याक्सवेललाई मिचेल स्वेपसनले नवौं ओभरको चौथो बलमा १ रनमा बोल्ड आउट गरेपछि मेलबर्न स्टार्सको जित टाढिएको थियो । ब्याटिङ गर्ने मौका पाएका सन्दीप ३ बलमा १ रन बनाउँदै कट एण्ड बोल्ड आउट भए ।मिचेल स्वेपसनले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । मुजिव उर रहमान र जेम्स प्याटिनसनले समान २(२ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको हिटले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । उसका दक्षिण अफ्रिकाका पुर्व कप्तान एबी डी भिलियर्सले ३७ बलमा ६ छक्का र २ चौका सहित ७१ रनको महत्वपूर्ण इनिङ खेले । ओपनर साम हिजलेटलाई एडम जम्पाले दोस्रो ओभरको अन्तिम बलमा १८ रनमा बोल्ड आउट गरे ।

त्यस्तै अर्का ओपनर बेन कटिङलाई पनि जम्पाले आठौं ओभरको पाँचौ बलमा २२ रनमा निक मडिनसनबाट क्याच गराए । सन्दीपले ११ औं ओभरको चौथो बलमा कप्तान क्रिस लिनलाई ३४ रनमा निक लरर्किनबाट क्याच गराएपछि दबाबमा परेको थियो ।तर डी भिलियर्सले तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै बलियो योगफलमा पुर्याएका थिए। मार्नस लाबुेसनले १३ बलमा २ छक्का सहित २४ रनमा अविजित रहे । पाँचौ विकेटका लागि लाबुसेन र डी भिलियर्सले तल्लोक्रममा २९ बलमा ७० रनको साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका हुन् ।

स्पिनर एडम जम्पाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछाने ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । दिलबर हुसैनको नाममा १ विकेट रह्यो । यो हारको बाबजुद पनि बिग ब्यासको लिगमा मेलबर्न स्टार्स शीर्ष स्थानमै रहेपछि क्वालिफायरमा प्रवेश गरेको हो ।मेलबर्न स्टार्स १४ खेलमा ४ मा हार र १० मा जित सहित २० अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको सिड्नी सिक्सर्स १४ खेलमा ९ मा जित र ४ मा हार सहित दोस्रो स्थानमा रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.