×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सन्न्यास लिन हतारिए कि शिखर धवन ?

८ भाद्र २०८१

८ भदौ, विराटनगर ।

मिस्टर आइसिसी भनेर चिनिने भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटका सबै फर्म्याटबाट सन्न्यासको घोषणा गरे । शनिबार सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गर्दै क्रिकेटबाट अलग भएको सुनाएका हुन् ।

धवनले भिडियोमा आफ्नो बाल्यकालका क्रिकेट प्रशिक्षकदेखि भारतीय क्रिकेट बोर्डसम्मलाई सम्झिए । आफूलाई क्रिकेटमार्फत् विश्वमाझ चिनाउनेप्रति नतमस्तक देखिएका उनले सबैलाई धन्यवाद दिए । भारतका लागि खेल्ने आफ्नो सपना पूरा भएको उल्लेख गर्दै धवनले क्रिकेट यात्रालाई बिट मार्ने निधोमा पुगेको सुनाए ।

‘लेफ्ट ह्यान्डेड’ ब्याट्सम्यान धवनले सन् २०१० मा भारतका लागि डेब्यु गरेका थिए । अस्ट्रेलियाविरुद्ध विशाखापट्टनममा भएको एकदिवसीय अन्तर्राष्ट्रियमार्फत भारतका लागि डेब्यु गरेका उनले १३ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियर बिताए ।

भारतीय टोलीका ‘ओपनर ब्याटर’ को भूमिकामा प्रस्तुत हुने धवनले सन् २०१३ मा भएको आइसिसी च्याम्पियन ट्रफीमा उत्कृष्ट साबित भएका थिए । इंग्ल्यान्ड र वेल्समा भएको उक्त प्रतियोगितामा भारतले घरेलु टोली इंग्ल्यान्डमाथि ५ रनको जित निकाल्दा धवनले उल्लेखनीय योगदान गरेका थिए । उक्त सिरिजमा सर्वाधिक धेरै ३६३ रन बनाएका धवन उत्कृष्ठ ठहरिएपछि टोलीमा उनको नाम नै मिस्टर आइसिसी रहन गएको थियो ।

सोही वर्ष टेस्ट क्रिकेटमा डेब्यु गरेका धवनले अस्ट्रेलियाविरुद्ध १८७ रनको योगफल बनाउँदै कीर्तिमानी रचेका थिए । त्यसबेला उनी टेस्ट क्रिकेटको डेब्यु खेलमा सर्वाधिक धेरै रन बनाउने भारतीय खेलाडी बन्न सफल भएका थिए । सन् २०१३ मा इन्डिया ‘ए’ का लागि खेलेका धवनले साउथ अफ्रिका ‘ए’ विरुद्ध २४८ रन बनाएर सनसनी मच्चाएका थिए ।

सन् २०१५ मा भएको विश्वकपमा भारतका लागि सर्वाधिक धेरै रन बनाउने खेलाडी बन्न सफल धवनले २०११ देखि २०२२ सम्म भारतीय टिमका लागि खेले । तर, पछिल्लो दुई वर्षयता राष्ट्रिय टिमबाट बाहिर रहेका धवनलाई सुभमन गिलले प्रतिस्थापन गरेका थिए ।

धवनले टेस्ट क्रिकेटमा २ हजार ३ सय १५ रन बनाएका छन् भने सात शतक र पाँच अर्धशतक प्रहार गरेका छन् । त्यस्तै १ सय ६७ ओडीआई खेलेका धवनले १७ शतक र ३९ अर्धशतकसहित ६ हजार ७ सय ९३ रन बनाएका छन् । टी–२० मा धवनले ६८ खेलमा १ हजार ७ सय ५९ रन बनाएका छन् ।

धवनले अन्तिम पटक गत अप्रिलमा इन्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किंग्सको नेतृत्व गरेका थिए । सन् २००८ मा तत्कालीन दिल्ली डेयरडेभिल्सबाट आइपिएल खेल्न थालेका धवनले मुम्बई इन्डियन्स, डिक्यान चार्जेस, सनराइजर्स हैदराबाद, दिल्ली क्यापिटल्स र पञ्जाब किंग्समा अनुभव संगालेका छन् । आइपिएलमा लगातार शतक हान्ने पहिलो खेलाडी पनि बनेका थिए, धवन । त्यसबाहेक आइपिएलमा धेरै चौका प्रहार गर्ने खेलाडी पनि हुन्, उनी ।

आइपिएलमा सर्वाधिक रन बनाउने विराट कोहलीभन्दा एक स्थान पछि छन्, उनी । धवनले आइपिएलमा ६ हजार ७६९ रन बनाएका छन् भने शीर्ष स्थानका विराटले आठ हजार ६ रन बनाएका छन् । सन् २०१६ मा सनराइज हैदराबादलाई आइपिएलको उपाधि दिलाउन उनको भूमिका अहम् छ । धवनले हैदराबाद र पञ्जाब किंग्स दुवैको कप्तानी गरेका थिए, जुन अहिलेसम्म आइपिएलको इतिहासमा अरू कसैले गरेको छैन ।

उमेरका हिसावले भन्नुपर्दा ३८ वर्षीय धवनले अहिले नै क्रिकेटबाट अलग हुनुपर्ने अवस्था आइसकेको थिएन । किनकि, ४३ वर्षीय महेन्द्रसिंह धोनी अझै क्रिकेट क्रिजमा रहन्छन् । ३९ वर्षीय क्राइग रिचार्ज एर्भाइनले अझै जिम्बावेका लागि खेलिरहेका छन् । सन् २०१० मा भारतका लागि डेब्यु गरेका रविचन्द्रन अश्विन धवनभन्दा केही दिनमात्र कान्छा हुन्, तर अहिले पनि उनी भारतको पहिलो रोजाइकै खेलाडीका रूपमा मैदान उत्रिन्छन् ।

हो, राष्ट्रिय टोलीमा स्थान बनाउन नसके पनि क्लब क्रिकेटमा अझै उनले गर्नसक्ने धेरै चिज बाँकी थियो । तथापि, अब उनले खेल्न छोडे पनि क्रिकेट नछोडुन् । प्रशिक्षक होस् वा व्यवस्थापक भएर होस्, क्रिकेटका लागि योगदान गरिरहुन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top