Nepal Times
Nepal Times
3
Shares

सन् २०२० को अमेरिकी राष्ट्रपति पदको दौडमा ट्रम्पविरुद्ध र्‍यापर कान्ये वेष्ट

सन् २०२० को अमेरिकी राष्ट्रपति पदको दौडमा ट्रम्पविरुद्ध र्‍यापर कान्ये वेष्ट

२२ असार, एजेन्सी । अमेरिकाको राष्ट्रपति पदमा ¥यापर गायक कान्ये वेष्टले उम्मेदवारी दिने बताएका छन् ।

आफू सन् २०२० को अमेरिकी राष्ट्रपति पदका लागि दौडमा रहेको चर्चित ¥यापर कान्ये वेष्टले जानकारी दिएका हुन् । आफूले प्रशंसा गर्ने व्यक्ति डोनाल्ड ट्रम्पविरुद्ध नै आफ्नो उम्मेदवारी हुने भएको पनि उनले उल्लेख गरे ।

उनको उम्मेदवारीलाई उनकी सेलिब्रेटी श्रीमती किम कार्दशियन वेष्ट र उद्यमी एलोन मस्कले समर्थन गरेका छन् ।

आफू संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि दौडमा रहेको सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिँदै उनले भने अमेरिकीसमक्ष दिएका बाचाहरु पूरा गर्ने समय आएको बताएका छन् ।

भगवानप्रति भरोसा गर्दै हाम्रा लक्ष्यहरुलाई एक गर्दै सुन्दर भविष्यको निर्माणमा एकत्रित हुने समय आएको पनि उनको भनाइ छ ।

कान्ये के साच्चिकै राष्ट्रपति पदका लागि मैदानमा उत्रने छन् भन्नेमा भने धेरैले आशंका गरेका छन् । ह्वाइटहाउसका लागि आफ्नो दावी रहेको उनले यो पहिलो पटक भनेका होइनन् ।

सन् २०१५ को एमटीभी म्युजिक अवार्डमै उनले २०२० का लागि राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

¥यापर गायक कान्ये वेष्टले अमेरिकी राष्ट्रपति पदमा चुनाव जितेमा उनकी सेलिब्रेटी पत्नी किम कार्दशियन भने पहिलो महिला बन्नेछिन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.