Nepal Times
Nepal Times
3
Shares

सन् २०२१ मा हुने टि–ट्वान्टी विश्वकपको लागि नेपाल सिधै ग्लोबल छनोटमा

सन् २०२१ मा हुने टि–ट्वान्टी विश्वकपको लागि नेपाल सिधै ग्लोबल छनोटमा

९ माघ, काठमाडौँ ।
नेपाल सन् २०२१ मा भारतमा हुने टि–ट्वान्टी विश्वकपको लागि सोझैं ग्लोबल छनोटमा पुगेको छ । अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी)ले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै २०२० जनवरी १ सम्म उत्कृष्ट वरियतामा रहेका नेपाल सहित जिम्बावे, हङकङ र यूएईलाई २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकपको छनोट प्रक्रिया अनुसार स्वतः ग्लोबल छनोटमा स्थान दिएको हो ।

यसअघिको जसरी नेपालले अब एसिया रिजन बी र एसिया टि ट्वान्टी क्वालिफयार खेल्नु पर्ने छैन । नेपाल आईसीसी वरियतामा १२ औं स्थानमा रहेको छ । जिम्बावे ११, युएई १५ र हङकङ २० औं स्थानमा रहेका छन् । ग्लोबल छनोट २०२१ मार्च र जुलाईमा हुने छ । त्यस्तै सन् २०२० अष्टेलियामा हुने टि ट्वान्टी विश्वकपका पुछारका चार टोलीले ग्लोबल छनोट खेल्ने छन् ।

क्षेत्रिय छनोट हुँदै आउने टोली गरी कुल १६ टोलीलाई दुई समुहमा विभाजन गरि प्रतिस्पर्धा गराइने छ । जसमा दुबै समुहका शीर्ष दुई दुई टोली विश्वकप खेल्न पाउने छन् । अष्ट्रेलियामा यसै वर्ष हुने टि ट्वान्टी विश्वकपका शीर्ष १२ टोलीले स्वतस् आगमी वर्ष भारतमा हुने विश्वकप खेल्न पाउने छन् ।

ग्लोबल क्वालिफायर ४ र अष्ट्रेलियामा यसै वर्ष हुने टि–ट्वान्टी विश्वकपको शीर्ष १२ टोली गरि कुल १६ टोलीबीच भारतमा टि ट्वान्टी विश्वकप हुने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.