Nepal Times
Nepal Times
3
Shares

सबै क्रिकेट गतिविधि बन्द गर्ने क्यानको निर्णय

सबै क्रिकेट गतिविधि बन्द गर्ने क्यानको निर्णय

१८ बैशाख, काठमाडौं । कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) ले सबै क्रिकेट गतिविधि अनिश्चित समयसम्मका लागि स्थगित गरेको छ ।

क्यानले शुक्रवार एक सूचना प्रकाशित गर्दै अर्को सूचना नआएसम्मका लागि सबै क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको हो ।

क्यानले राष्ट्रिय प्रतियोगिता, जिल्ला छनोट, प्रादेशिक प्रतियोगिता तथा विभिन्न देशसँग तय भएका शृङ्खलाहरू तत्कालका लागि स्थगित गरिएको जनाएको हो । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डौ उपत्यकामा बिहीवारदेखि निषेधाज्ञा लागू भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.