Nepal Times
Nepal Times
3
Shares

सभामुखमाथि दबाब बढ्दै

सभामुखमाथि दबाब बढ्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित राजनीतिका कारण सभामुख अग्निप्रसाद सापकोटा दबाबमा परेका छन् । संसद् नरहँदा पनि संविधानले सभामुख र उपसभामुखको पद कायम रहने व्यवस्था गरेको छ । वर्तमान अवस्थानमा संसद् विघटन भए पनि अग्निप्रसाद सापकोटा सभामुख कायमै छन् ।

अहिलेको अवस्थामा सभामुख सापकोटालाई निकै चुनौति थपिएको छ । आगामी वैशाखमा निर्वाचन पनि भएन अदालतले पनि फैसला गरेन भने उनलाई संसद् बैठक बोलाउन दबाब दिनसक्ने अनुमान गरिएको छ । दाहाल–नेपाल समूह, नागरिक समाजलागयतले यस किसिमको दबाब दिनसक्ने देखिएको स्रोतले बतायो ।

सभामुखले संसद् बोलाउने र सरकारले संकटकाल लगाएमा मुलुकमा अस्थिरताको अवस्था भएकामा सभामुखले राजीनामा दिन पनि सक्नछन् । राजनीतिक अवस्था संकटमा पर्दै गएमा सभामुखले राजीनमा दिने बाटो भने खुलै रहेको छ ।, आजको नागरिक दैनिकमा समाचार छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.