Nepal Times
Nepal Times
3
Shares

अस्ट्रेलियामा समाचार सामग्रीका लागि फेसबुक र गुललले पैसा तिर्नुपर्ने कानुन पारित

अस्ट्रेलियामा समाचार सामग्रीका लागि फेसबुक र गुललले पैसा तिर्नुपर्ने कानुन पारित

१३ फागुन, एजेन्सी । समाचार सामग्रीका लागि फेसबुक र गुललले पैसा तिर्नुपर्ने कानुन अस्ट्रेलियामा पारित भएको छ । यो कानुन संसारकै पहिलो कानुन भएको बताइएको छ ।

अमेरिकी प्रविधि संस्थाले यो कानुनको विरोध गरेका थिए । गएको हप्ता यो कानुनका कारण फेसबुकले अस्ट्रेलियामा फेसबुकका समाचार हेर्न र शेयर गर्न बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि पछि खुला गरिएको थियो ।

वार्तापछि संशोधनसहित कानुन पारित भएको हो । संशोधन कानुनअनुसार फेसबुक र गुगलले केही नियमबाट छुट पाउन सक्ने छन् । तर दुवै कम्पनी अस्ट्रेलियाका ठूला प्रकाशकहरूलाई एकमुष्ठ रकम तिर्न सहमत भएका छन् ।

अस्ट्रेलियाको नयाँ कानुनलाई विश्वका अरू देशमा यस्तै कानुन बनाउने सम्भावनाको परीक्षणका रूपमा लिइएको छ ।

यो कानुन अस्ट्रेलियाको प्रतिनिधि सभाले बिहीवार संशोधनसहित पारित गरेको हो । सिनेटले यो कानुन पारित गरिसकेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.