×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

समाजवादको नयाँ मोडल बनाउने प्रचण्डको संकल्प

९ श्रावण २०७६
Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

९ समाज, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको काम, कार्वाहीलाई अझै प्रभावकारी बनाएर लैजाने संकल्प गर्नुपर्नेमा जोड दिएका छन् । अध्यक्ष दाहालले पार्टी एकतालाई सदृढ बनाउन र सरकारको काम, कार्वाहीलाई अझ प्रभावकारी बनाउन संकल्प गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति सभामा बोल्दै उनले पार्टी संगठन र सरकारको कामकार्वाहीलाई प्रभावकारी बनाएर नेपालमा समाजवादको विकास गरी दुनियाँलाई एउटा नयाँ मोडल दिने संकल्प गर्नुपर्ने पनि स्पष्ट पारे । अध्यक्ष दाहालले सरकारको कामलाई अझ प्रभावकारी बनाउने प्रयासलाई निरन्तरता दिइएको पनि दावी गरे ।

अध्यक्ष दाहालले दुई पार्टीबीच एकता गरेर असाधारण उपलब्धि हासिल गरेको उल्लेख गर्दै त्यसबारे जनतालाई जानकारी गराउन आगामी भदौबाट राष्ट्रिय अभियान संचालन गर्ने घोषणा पनि गरेका छन् । त्यसका लागि आवश्यक योजना तय गर्न साउन महिना भित्रै पार्टी केन्द्रिय समिति र स्थायी समिति बैठक बोलाउने अध्यक्ष दाहालको योजना छ । अध्यक्ष दाहालले पार्टीको राष्ट्रिय अभियानको क्रममा पार्टीका नीति तथा कार्यक्रम र सरकारको कामकार्वाहीबारे जनतालाई जानकारी गराउने पनि स्पष्ट पारे । उनले सामाजिक न्याय सहितको समृद्धिका लागि आफ्नो पार्टीले काम गरिरहेको दावी पनि गरेका छन् ।

Scroll to Top