×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

समिम अन्सारी भन्छन्, विश्वले सहअस्तित्व नेपालबाट सिक्न सक्छ

१ मंसिर २०८१

१ मंसिर , विराटनगर ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विश्वले सहअस्तित्व नेपालबाट सिक्न सक्ने बताएका छन् । थाइल्याण्डको राजधानी बैंककमा भएको ग्लोबल मिट २०२४ लाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले नेपालको विविध संस्कृतिले सहिष्णुता र सहकार्यलाई कसरी प्रेरित गर्दछ भन्ने विषयमा विशेष जोड दिए ।

सो अवसरमा अन्सारीले नेपालको सांस्कृतिक विविधता, शिक्षाको महत्त्व र अन्तर्राष्ट्रिय सहकार्यका पक्षमा प्रभावशाली सम्बोधन गरेका छन् । यस कार्यक्रममा उनले नेपाललाई शान्तिप्रेमी र सहिष्णु देशको रूपमा चित्रित गर्दै विश्वलाई सहअस्तित्व र सहिष्णुताको सन्देश दिएका छन् ।

उनले नेपालको बहुसांस्कृतिक, बहुभाषिक, र बहुधार्मिक विशेषतालाई उदाहरण दिँदै सहअस्तित्वको महत्त्वमा जोड दिए । उनले भने, “नेपालको विविधता विश्वका लागि प्रेरणादायी छ र सहिष्णुताको उत्कृष्ट नमुना हो।“

यस्तै शिक्षालाई समृद्धिको आधारस्तम्भको रूपमा प्रस्तुत गर्दै अध्यक्षले गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्नु आजको युगको आवश्यकता भएको औंल्याए । “शिक्षा मात्रै शान्ति र विकासको सुनिश्चितता दिन सक्छ,“ उनले भने ।

ग्लोबल मिटलाई अन्तर्राष्ट्रिय सहकार्यका लागि उत्कृष्ट मञ्चको रूपमा वर्णन गर्दै अध्यक्ष अन्सारीले विभिन्न देशका प्रतिनिधिहरूसँग विचार आदानप्रदानको महत्त्वमाथि प्रकाश पारे । यसैगरी थाई सेनाले शान्ति र विकासका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै अध्यक्षले उनीहरूलाई विशेष सम्मान पुरस्कार प्रदान गरे ।

बैंककस्थित रोयल थाई आर्मी क्लबमा आयोजित कार्यक्रममा अध्यक्ष अन्सारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा ३० भन्दा बढी देशका विशिष्ट व्यक्तित्वहरू सहभागी भएका थिए । मानवअधिकार, शान्ति र अन्तर्राष्ट्रिय सहयोगको महत्त्वलाई उजागर गर्दै अध्यक्ष अन्सारीले भने, ‘नेपालका विविध संस्कृतिहरूले हामीलाई सहअस्तित्वको पाठ सिकाएको छ । यो शान्ति र सहयोगको भावना नै हामीले विश्वलाई दिन सक्ने सबैभन्दा ठूलो उपहार हो।’

उनले शिक्षा, विज्ञान र संस्कृतिलाई शान्ति र समृद्धिको मुख्य आधारस्तम्भका रूपमा औँल्याउँदै गुणस्तरीय शिक्षाको पहुँचलाई विश्वव्यापी बनाउन आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा अध्यक्ष अन्सारीले थाई आर्मीका विशिष्ट अधिकारीहरूलाई उत्कृष्ट सेवाका लागि पुरस्कार वितरण गरे ।

उनले शान्ति र विकासका क्षेत्रमा थाई सेनाको योगदानको प्रशंसा गरे । ग्लोबल मिटमा थाई आर्मीका जनरल तथा उच्च अधिकारीहरूसहित नेदरल्याण्ड, जापान, इन्डोनेसिया, हङकङ, भारत र थाइल्याण्डलगायतका देशका उच्चस्तरीय प्रतिनिधिहरू उपस्थित थिए ।

सहभागीहरूले शान्ति स्थापना, शिक्षा र मानवअधिकार प्रवर्द्धनका विविध दृष्टिकोण र अनुभवहरू आदानप्रदान गरे । ग्लोबल मिट २०२४ ले विकासशील देशहरूमा मानवीय सहायता, स्वास्थ्य सेवा र शिक्षा प्रवर्द्धनमार्फत शान्ति स्थापना र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।

कार्यक्रमको समापनमा अध्यक्ष अन्सारीले यस्तो महत्त्वपूर्ण मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्न पाएकोमा गर्व व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे । उनले भने, ‘यो बैठक शान्ति र समृद्धिका लागि हाम्रो साझा प्रतिबद्धताको प्रतिबिम्ब हो ।आगामी दिनमा पनि यस मञ्चले विश्वव्यापी सहयोगलाई बलियो बनाउन योगदान पु¥याउनेछ भन्ने विश्वास छ।’

कार्यक्रमले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top