×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

‘समृद्धि’ हाम्रो साझा लक्ष्य’ ः प्रधानमन्त्री ओली

२४ चैत्र २०७४

नयाँदिल्ली, भारत, चैत २४ ः भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका सरकार र जनताको साझा लक्ष्य समृद्धि भएको बताएका छन् ।

आफ्ना भारतीय समकक्षीसँगको प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय वार्तापछि संयुक्तरुपमा पत्रकारहरुलाई सम्बोधन गर्दै उनले सामाजिक–आर्थिक विकास र समृद्ध नेपाल निर्माण आफू नेतृत्वको सरकारको लक्ष्य र उद्देश्य भएको बताए ।

उनले भने, “संक्रमणकालको अन्त्यसँगै आर्थिक विकासको युगमा नेपाल प्रवेश गरेको छ । यस्तो अवस्थामा छिमेकीको हामीलाई साथ, सहयोग र समर्थन चाहिन्छ ।”

पारस्परिक विश्वासमा आधारित नेपाल–भारत सम्बन्धलाई नमूनाका रुपमा विकास गर्ने नेपालको चाहनालाई मुखरित गर्दैै उनले त्यस निम्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट निर्वाह भएको भूमिकाको सराहना गरे ।

समानता, न्याय, पारस्परिक सम्मान र हित नेपाल र भारतका साझा प्रारब्ध भएका चर्चा गर्दै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण सहअस्तित्व तथा दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ एवं प्रगाढ बनाउने बताए ।

प्रधानमन्त्री ओलीले उच्च राजनीतिक तहमा हुने भेटवार्ताले सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने र बहुआयामिक द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्न यस्ता भेटवार्ता महत्वपूर्ण हुने बताए ।

दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने उपाय र पारस्पारिक लाभका खातिर अवसरहरुको खोजी गर्न आफू भारत भ्रमणमा आएको स्पष्ट गर्दै उनले प्रधानमन्त्री मोदीसँग आपसी सम्बन्धका सबै विषयमा विचारविमर्श भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले शताब्दिऔं पुरानो नेपाल–भारत सम्बन्धका सबै पक्षलाई २१औं शताब्दी सुहाउँदो तुल्याउन दुबै देशका उच्च कूटनीतिक तहमा गठन भएको प्रवुद्ध व्यक्ति समूह(इपिजी)लगायत सबै विषयमा रचनात्मक छलफल भएको जानकारी पनि दिए ।

बितेका दुई दशकमा भारतले हासिल गरेको विकास र समृद्धि नेपालका निम्ति अवसर भएको बताउँदै उनले नेपालीलाई ‘सुखी’ तुल्याउने आफ्नो प्रयासमा भारतबाट सक्दो सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार निर्माण तथा स्थल, जल र नभमार्गबाट नेपाललाई सम्पर्क सञ्जालमा समावेश गर्ने आफ्नो उद्देश्य पूरा गर्न भारतीय प्रधानमन्त्री मोदीले समुद्रसम्मको पहुँच नेपाललाई उपलब्ध गराउने घोषणा गरेकामा हार्दिक आभार व्यक्त गरे ।

नेपालको उपयोग हुन नसकेको अपार जलस्रोतको विकासमा लगानी गर्न भारतका निजी तथा सार्वजनिक क्षेत्रलाई आह्वान गरे र माथिल्लो कर्णाली, अरुण तेस्रो, पञ्चेश्वरलगायत विशाल परियोजनालाई गति दिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले दुबै देशका ऊर्जा आवश्यकता सम्बोधन गर्न ऊर्जा बैंकको स्थापना, नयाँ प्रशारण लाइन निर्माण, बाढी तथा डुबान नियन्त्रणलगायत दुबै देशका जनताले भोग्नुपरेका समस्याको उपयुक्त समाधानका निम्ति संयुक्त प्रयास गर्न प्रधानमन्त्री मोदी सहमत भएको बताए ।

प्रधानमन्त्री मोदीले आफ्नो संभाषणको प्रारम्भ नेपाली भाषामा गर्दै आफ्नो ‘सबैको साथ, सबैको विकास’ नारा र आफ्ना नेपाली समकक्षीको ‘समृद्ध नेपाल ः सुखी नेपाली’ नारा एक अर्काका परिपूरक भएका बताए ।

“जनताको सुख, शान्ति र समृद्धि हाम्रा साझा लक्ष्य हुन्, त्यसमा नै हामी केन्द्रित छौं, जनताका आकांक्षा हामी पूरा गर्छौं,” उनले भने – “नेपालको समावेशी विकासको भारत साझेदार बन्नेछ ।”

स्थानीय निकाय, प्रान्त र संघीय संसद्को चुनावलाई नेपालको ठूलो उपलब्धिका रुपमा चित्रण गर्दै भारतका प्रधानमन्त्री मोदीले राजनीतिक इतिहासको नयाँ युगमा नेपाल प्रवेश गरेको बताए ।

नेपालका प्राथमिकता र आवश्यकतामा भारतले सघाउँछ

प्रधानमन्त्री मोदीले नेपालको आर्थिक उन्नयन र समृद्धिको प्रयासमा पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकारले निर्धारण गरेका विकासका प्राथमिकता र आवश्यकतामा आधारित भएर सहायता गर्ने बताए ।

“भारत र नेपाल कृषि प्रधान देश हुन् , कृषि क्षेत्रमा नयाँ साझेदारी गर्न हामी तयार छौं, पशुपालन, माटो परीक्षण, कृषि शिक्षा र कृषि अनुसन्धानमा सहयोग बढाउनेछौं” – भारतीय प्रधानमन्त्रीले घोषणा गरे ।

“सगरमाथाको देशको अब सागरसम्म सम्पर्क स्थापना हुनेछ,” समुद्रसम्म नेपालको पहुँच स्थापनामा भारतले सघाउने र नेपाल भू–परिवेष्टित देश भए पनि भूमिबाट सम्पर्क स्थापना गर्न सक्षम राष्ट्र बनेको आशय व्यक्त गर्दै उनले भने । आफ्नो मन्तव्य पुनः नेपाली भाषा मै समापन गर्दै प्रधानमन्त्री मोदीले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रक्षा, सुरक्षालगायत जनकेन्द्रित क्षेत्रमा निरन्तर सहयोग वृद्धि गर्ने घोषणा पनि गरे ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top