×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सरकारको अर्जुन दृष्टि निर्वाचनमा

३ कार्तिक २०८२

२ कार्तिक , काठमाण्डौ ।

देशका प्रमुख राजनीतिक दलहरूले निर्वाचनको वातावरण नभएको आरोप लगाइ रहेका बेला आज सरकारले निर्वाचन केन्द्रित सुरक्षा बैठकको आयोजना गरेको छ । जेन–जी आन्दोलनपछि बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले अब आफ्नो ध्यान निर्वाचनतर्फ केन्द्रित भएको सङ्केत दिएको छ।

सरकारले राजनीतिक दलसँग छलफल गरी सकेको छ । आज सुरक्षा प्रमुखहरू सँग निर्वाचनको तयारी, वर्तमान सुरक्षा अवस्था र भावी रणनीतिका बोरमा छलफल गर्न लागेको हो ।

गृहमन्त्रीको अध्यक्षतामा हुने आजको सुरक्षा समिति बैठकमा गृह र रक्षा सचिवसहित चार वटा सुरक्षा निकायका प्रमुख सहभागी हुनेछन्। । प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, बैठकले एकीकृत निर्वाचन सुरक्षा योजनाको समीक्षा र नीतिगत निर्देशन दिनेछ।

गृह मन्त्रालयको शान्ति, सुरक्षा र अपराध नियन्त्रण महाशाखाको नेतृत्वमा बनेको एकीकृत निर्वाचन सुरक्षा समितिले जिल्ला स्तरका निकायसँग समन्वय गरेर कार्यान्वयन अघि बढाउनेछ।

जिल्ला स्तरमा पनि सिडिओको नेतृत्वमा जिल्ला एकीकृत निर्वाचन सुरक्षा समिति गठन भइसकेको र ती समितिहरूले काम सुरु गरिसकेको उल्लेख छ। गत साता प्रमुख राजनीतिक दलका नेताहरूसँग प्रारम्भिक परामर्श अघि बढाएको सरकारले आइतबारदेखि निर्वाचन सुरक्षा रणनीति कार्यान्वयनमा लैजाने तयारी गरेको छ।

यसै बिच प्रधानमन्त्री कार्कीले शनिवार अपराह्न सामाजिक सञ्जाल एप्स९पूर्व ट्विटर० मा राष्ट्रपतिको उपस्थितिमा चार वटै सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलबारे जानकारी दिँदै लेखेकी छन् ।

राष्ट्रपतिको आह्वानमा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थितिमा शीतल निवासमा भएको गहन छलफल निर्वाचनका लागि राजनीतिक वातावरण बनाउने र सुरक्षा सुदृढ पार्ने विषयमा केन्द्रित थियो।

उनका अनुसार छलफलमा निर्वाचनको पूर्व तयारी, राजनीतिक स्थायित्व र सुरक्षा संयन्त्रको मनोबलबारे समीक्षा गरिएको थियो।  प्रधानमन्त्रीले लेखेकी छन्, सबै सुरक्षा निकायका प्रमुखहरूले उच्च मनोबलका साथ निर्वाचन सुरक्षामा तयार रहेको जानकारी दिएका छन् । राष्ट्रपति कार्यालयको पहलमा सुरु भएको राजनीतिक दल र जेन–जी पुस्ताका प्रतिनिधिबिचको संवाद पछि सरकारले दलगत तहमा प्रत्यक्ष भेटघाट बढाएको छ।

प्रधानमन्त्री कार्कीले माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग भेट गरिसकेकी छन्। उनका अनुसार यो साताभित्र अन्य दलका शीर्ष नेताहरूसँग पनि छलफल विस्तार गरिँदै छ।

“निर्वाचनको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको छ,” प्रधानमन्त्री कार्कीले एप्समा लेखेकी छन् “दलहरूसँगको संवादको औपचारिक सुरुवात भइसकेको छ।”

प्रधानमन्त्री कार्कीले सहज राजनीतिक निकासका लागि सबै पक्षलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेकी छन्। । उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ “सरकारले निर्वाचनलाई प्राथमिकतामा राखेर आफ्ना गतिविधि केन्द्रित गरेको छ।”

“हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ। एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ। निर्वाचन आयोगसँग सघन छलफल र समन्वय भइरहेको छ, र सुरक्षा निकायलाई आवश्यक स्रोत–साधन अभाव नहुने गरी काम भइरहेको छ।”

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top