×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026

८ चैत,काठमाडौँ ।
संघीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने काठमाडौं उपत्यकाका सांसदहरुले कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आग्रह गरेका विषयहरुको कार्यान्वयन गर्न अपिल गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको खतरा बढ्दै गएको अवस्थामा सरकारले लागू गरेका विषयहरुको कार्यान्वयन गर्न सांसदहरुले सम्पूर्ण नागरिकहरुलाई अपिल गरेका हुन् ।

शनिबार काठमाडौंको मण्डीखाटारमा एक सांसदको घरमा भएको सांसदहरुको भेलामा नागरिकले उच्च सतर्कता अपनाउनु पर्ने र त्यसका लागि सरकारले भनेका विषयहरुको पूर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गरेको हो । भेलापछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद माधवकुमार नेपालले कोरोना भाइरसबाट पर्न सक्ने खतरा, सरकारले चालेका कदमहरु, जनतामा जगाउनुपर्ने जनचेतना र भाइरसको संक्रमण भएमा नियन्त्रण गर्न अपनाउनुपर्ने विषयमा छलफल भएको बताए ।

उनले सरकारले लागू गरेका विषयहरुको कार्यान्वयन गर्न स्थानीय जनप्रतिनिधिहरुलाई परिचालन गर्नुपर्नेमा जोड दिए । उनले भने ‘कोभिड १९ कोरोना भाइरसको बारेमा र यसको असरका बारेमा सरकारले चालेका कदमहरुको बारेमा, जनतामा जगाउनुपर्ने जनचेतनाको बारेमा र यसलाई रोकथाम गर्ने उपायको बारेमा, रोग लागिसकेपछि नियन्त्रण गर्नका लागि उपचारको प्रबन्धको बारेमा यी सबै चिजहरुको बारेमा छलफल ग¥यौं ।’ उनले जनताका समस्याहरु र आर्थिक क्षेत्रमा परेको असरको विषयमा सरकारलाई जानकारी गराउने विषयमा समेत छलफल भएको बताए ।

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गरिरहेको कामहरुमा अझ केही प्रभावकारी बनाउन आग्रह गर्ने विषयमा छलफल भएको बताए । उनले नेपाल भारत सिमा नाका बन्द गर्ने, अस्पतालहरुको तयारीका लागि सरकारले गरेको निर्णयको तत्काल कार्यान्वयन गर्न आग्रह गर्ने विषयमा छलफल भएको बताए । उनले भने ‘अस्पतालको निम्ती तयारी गर्नुपर्ने कुराहरुको सन्दर्भमा पनि स्वास्थ्य मन्त्रालयले जुन नयाँ निर्णयहरु गरेको छ त्यो निर्णयहरु भएको छ तर त्यो निर्णयहरु तत्काल कार्यान्वयनमा जाओस, त्यो फेरी कार्यान्वयन गर्न केही समय लाग्ने हो भने भयाभह स्थिति आयो भने त्यो बेलामा जुटनाका निम्ती हाम्रो पूर्व तयारी भएको हुँदैन यो कुरामा सरकारको ध्यानाकर्षण गराउने विषयमा छलफल भयो ।’

लफलमा सांसदहरुले कोरोना भाइरसको संक्रमण फैलिन नदिन काठमाडौं उपत्यका भित्रका स्थानीय तहहरुले निर्वाह गरेको भूमिका चित्त बुझ्दो नभएको बताएका थिए । नागरिकमाथि जनचेतना फैलाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएको र राजनीतिक दलहरुले उनिहरुलाई सघाउने विषयमा समेत छलफल भएको थियो । त्यस्तै सांसदहरुले कोरोनाको संक्रमणको जोखिम बढ्दै जाँदा अर्थतन्त्रमा देखिने जटिलताका विषयमा सरकारले अहिले देखिनै सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top