×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरकारले जनताको पक्षमा काम गर्न नसकेको निधीको आरोप

५ कार्तिक २०७५

विराटनगर, कार्तिक ५

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको साक्षात्कारमा उनले यस्तो बताएका हुन् ।

निधिले वर्तमान सरकारले दुई तिहाईको सरकार भएर पनि जनताको पक्षमा कुनै काम गर्न नसकेको दाबी गरे । उनले पछिल्लो समय नेकपाका समर्थकहरुले समेत सरकारले संविधान र जनताको पक्षमा कुनै काम गर्न नसकेको बिषय उठाइरहेको बताए ।

उपसभापति निधिले कांग्रेस परिपक्व र ऐतिहासिक अनुभव हासिल गरेको पार्टी रहेको धारणा राख्दै कांग्रेसले अहिले सरकारको अर्कमण्यतालाई जनता समक्ष राख्ने काम गरिरहेको बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न र जनताको पक्षमा काम गर्न कांग्रेस प्रतिबद्ध रहेको प्रष्ट पारे । उपसभापति निधिले आन्तरिक निर्वाचन प्रणाली अवलम्बन गरेको कांग्रेसजस्तो नेपालमा अन्य कुनै पार्टी नरहेको धारणा राखे ।

उनले विधान संशोधन र महासमितिको बैठकपछि पार्टीभित्र देखिएको गुट उपगुट अन्त्य हुने दाबीसमेत गरेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top