Nepal Times
Nepal Times
3
Shares

सरकारले त्रास फैलायो : वर्षमान पुन

सरकारले त्रास फैलायो : वर्षमान पुन

१८ वैशाख, काठमाडौं । नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताएका छन् ।

उनले कोरोना रोकथाम तथा न्युनिकरणमा सरकार नलागि गम्भिर लापरबाही गरेको पनि बताए । सरकारले नै लापरबाही गरेर भिड जम्मा गरेको पछि सक्दिन भनेर हात उठाउनु गैरजिम्मेवार भएको उनको भनाई छ । सरकारले उक्त कुरा तुरुन्तै सच्याएर जनताको चेकजाँच र स्वास्थ्य उपचारमा ध्यान पुर्याउनुपर्ने उनले बताए । उनले भने – ‘आफैँ लापरबाही गरेर, हजारौँ हजारको मास जम्मा गरेर, शुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउने असाध्यै गैरजिम्मेवार कुरा हो, यसरी सरकार, राज्य केहीपनि चल्न सक्दैन । यो कुरालाई तुरुन्त सच्याउनुपर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्यउपचार, चेकजाँच, परिक्षणका कुराहरुलाई ध्यान दिनुपर्छ ।’ नेता पुनले कोरोना संक्रमण नियन्त्रणका लागि नीजि अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइशोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्धस्तरको काम थाल्नुपर्ने पनि बताए । सरकारले अन्य राजनीतिक दलहरु र आम जनतालाई परिचालन गर्न नसकी जनतालाई जर्बजस्त मृत्यूको मुखमा धकेल्ने प्रयत्न गरेको भन्दै कोरोना नियन्त्रणका लागि सर्वदलिय संयन्त्र बनाउन प्रधानमन्त्रीसँग माग पनि गरे ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.