Nepal Times
Nepal Times
3
Shares

सरकारले नै देशलाई बन्धकी राखेको छः प्रचण्ड

सरकारले नै देशलाई बन्धकी राखेको छः प्रचण्ड

३ वैशाख, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको प्रतिष्ठा, आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठाउने दुस्साहस गरेको आरोप लगाएका छन् ।

बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटनका क्रममा बोल्दै प्रचण्डले सरकार प्रमुखले नै सत्ता स्वार्थका लागि देशलाई बन्धकी राखेको बताएका छन्।

प्रधानमन्त्री ओलीको नामै नलिई घुमाउरो पारामा उनले भने, ‘हिजोआज समाचार हेर्नुभयो भने देशलाई बन्दकी राख्ने, राष्ट्रिय हितका विरुद्ध षडयन्त्र गर्ने काममा स्वयं सरकारको नेतृत्व लाग्ने खबर देखिन्छ।

देश र जनताको प्रतिष्ठा, आत्मसम्मान, राष्ट्रिय स्वाधीनतामाथि प्रश्न गर्ने दुस्साहस भएको छ। यो नेपाली जनतालाई यो स्वीकार्य छैन।’

बिहीबारदेखि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र रअ प्रमुख सामन्त गोयलबीच भएको भनिएको सम्झौताको पत्र दाबी गरेर केही सञ्चारमाध्यममा आएपछि यो विषय विषय चर्चित भएको छ। यसको पक्ष विपक्षमा बहस जारी छ।

त्यस्तै, उनले ओलीलाई लक्षित गर्दै तानाशाही एकचोटि परास्त भए पनि पूरै परास्त अझै नभएको बताए। अझै षडयन्त्र चलिरहेको प्रचण्डले उल्लेख गरे।

उनले भने, ‘जनताले लोकतन्त्रविरोधी गणतन्त्रविरोधी कदम स्वीकार गरेनन्। सवै विज्ञ, नागरिक र जनता यसको विरोधमा गए। अन्ततस् अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गर्‍यो।’

प्रगतिविरोधी तथा राष्ट्रविरोधी तत्वहरू इतिहास पछाडि धकेल्ने प्रयासमा रहेको उनले बताए। त्यो नेपालमा मात्रै नभई विश्वमै रहेको उनको भनाइ छ। उनको भनाइ छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.