Nepal Times
Nepal Times
3
Shares

सरकारले भन्यो- कोरोनाको जोखिम कहिलेसम्म रहन्छ भन्न सकिन्न

सरकारले भन्यो- कोरोनाको जोखिम कहिलेसम्म रहन्छ भन्न सकिन्न

१२ असोज, काठमाडौँ ।
सरकारले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । लक डाउन खुकुलो जोखिम कम भएर नभइ जीवन र जिविका चलाउन सहज बनाएइको भन्दै सतर्कता अपनाउन सरकारले आग्रह गरेको हो ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोरोना कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न सकिने अवस्था नरहेको बताए । उपत्यका लगायत विभिन्न जिल्लाहरुमा दिनदिनै संक्रमण बढीरहेको अवस्थामा सरकारले सबैले उच्च सतर्कता अपनाएर सहयोग गर्न उनले आग्रह गरे । उनले भने ‘‘कोरोना महामारी रोकिएको छैन । युरोपेली देशहरुमा दोस्रो वेव समेत सामना गर्नुपरेको छ । नेपालमा संक्रमण बढीरहेको छ । कुन विन्दुमा पुगेर ओरालो लाग्छ । नियन्त्रणमा जानछ भनेर अनुमान गर्न सकिने अवस्था छैन । जोखिम कम भएर होइन । जीवन र जीविकाको विचमा सन्तुलन मिलाउनुपर्ने आवश्यकताले केही सेवा क्षेत्र खुकुलो गरिएको हो । यो बेला सबैको उच्चस्तरको सतर्कता अपनाउन जरुरी छ । सबैको साथ र सहयोगको जरुरत रहेको छ ।’’

यस्तै सरकारले मापदण्ड विपरित पीसीआर परीक्षणका लागि कसैलाई पनि बाध्य नपार्न आग्रह गरेको छ । घरधनीहरुले परीक्षणका लागि दबाव दिने गरेको गुनासो आएकाले त्यसो नगर्न उनले अग्रह गरे पीसीआर रिपोर्ट नभई धरधनीले डेरामा बस्नेलाई पस्न नदिएको र औद्योगिक प्रतिष्ठानले काम गर्न नदिएको सुन्नमा आएको भन्दै उनले जबर्जस्ती पीसीआर परीक्षणका लागि बाध्य नपार्न उनले आग्रह गरेका हुन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.