Nepal Times
Nepal Times
3
Shares

सरकार गठन गर्न प्रतिपक्षी दलका नेताहरु छलफलमा

सरकार गठन गर्न प्रतिपक्षी दलका नेताहरु छलफलमा

२८ बैशाख, काठमाडौं । राष्ट्रपतिले बहुमतको सरकार गठनको लागि आह्वान गरेपछि प्रतिपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् ।

मंगलबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बुढानिलकण्ठमा छलफल भएको छ।

तीन नेताबीच करिब एक घण्टा कुराकानी भएको स्रोतले बतायो । तर, के के विषयमा कुरा भएको खुलेको छैन । छलफलमा कांग्रेसका तर्फबाट देउवासहित महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी थिए।

सोमबार संसद्मा भएको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास गुमाएपछि नयाँ सरकार गठनको आह्वान भएको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.