Nepal Times
Nepal Times
9
Shares

सरिता गिरीको स्थानमा लीला सिटौला सांसद बन्ने

सरिता गिरीको स्थानमा लीला सिटौला सांसद बन्ने

२३ असार, काठमाडौं ।
समाजवादी पार्टीले सरिता गिरीको ठाउँको ललितपुर निवासी लीला सिटौला प्रतिनिधिसभा सदस्य बनाउने भएको छ । सांसद गिरीलाई पार्टीले कारवाही गरेर सांसद पदबाट हटाउने निर्णय गरेसँगै उनको ठाउँ सिटौलाले पाउने भएकी हुन् ।

सिरहा निवासी सरिता गिरी समाजवादी पार्टीबाट खस आर्य महिलाको कोटामा समानुपातिक सांसद बनेकी थिइन् । पार्टीको कारवाहीपछि अब उनको सांसद पद समाप्तिसँगै बन्दसूचीमा उनीभन्दा मुनि रहेकी लीला सिटौला स्वतः सांसद बन्न पाउने छिन् ।

ललितपुर महानगरपालिका वडा नम्बर १३ निवासी सिटौला समाजवादी पार्टीकी केन्द्रीय सदस्य हुन् । यसअघिकै चुनावमा सिटौला सांसदको दाबेदार थिइन् । समाजवादीका नेताहरुका अनुसार सरिता गिरीले लफडा गरेपछि लीलाको नाम पछाडि राखेर उनको नाम माथि राखिएको थियो ।

तत्कालीन संघीय समाजवादी फोरमले समानुपातिकतर्फबाट ६ सीट पाएको थियो । त्यसमध्ये एक पुरुष र ५ महिला सांसद बनेका थिए । अब सरिता गिरीलाई पार्टीले कारवाही गरेपछि खस आर्य महिलाको कोटा रिक्त हुनेछ । बन्दसूचीमा सिटौलाको नाम सरिता गिरीको मुनि रहेकाले अब उनी सांसद बन्ने निश्चित देखिएको छ ।

निर्वाचन आयोगले रिक्त समानुपातिक सांसदमा बन्दसूचीमा जो पछाडि छ, उही सांसद बन्ने स्पष्ट पारिसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.