Nepal Times
Nepal Times
3
Shares

सर्लाहीमा आगलागीमा परी एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु

सर्लाहीमा आगलागीमा परी एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु

१ पौष, सर्लाही । सर्लाहीमा भएको आगलागीमा परेर एकै घरका दुई बालिकासहित तीन जनाको ज्यान गएको छ ।

कविलासी नगरपालिकामा आगलागीमा परि एकै परिवारका दिदी–बहिनीको ज्यान गएको प्रहरीले जनाएको छ ।

गएराति सवा ९ बजे विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा कविलासी नगरपालिका–७ सिर्सिया बस्ने जोगी महरा चमारकी ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया सोगन्धी कुमारीको ज्यान गएको हो ।

जलेर गम्भीर घाइते भएका उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

आगलागीमा परेर चमारकी अर्की छोरी ५ वर्षीया सुधा कुमारी घाइते भएकी छिन् । आगलागीबाट चमारको फुसले छाएको कच्ची घर जलेर नष्ट भएको छ । यस्तै, मलङ्गवा नगरपालिका–६, खुटौनामा परालको घुर बालेर आगो ताप्ने क्रममा जलेर एक वृद्धाको ज्यान गएको छ ।

गएराति साढे ११ बजे बाटो छेउमा पराल बालेर आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा ७० वर्षीया नसिर खाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.