×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026
Playing
Top 15 Afternoon News || Mar-03-2026 || Nepal Times
Mar 03, 2026
Playing
खोर्रमशहरः इरानी ब्यालिस्टिक मि सा इल बन्नसक्छ इजरेलमा प्रलय || Nepal Times
Mar 03, 2026
Playing
Iran मा ‘ठूलो कार बाही’, ११ इरानी जहाज डु बाएको दाबी, अमेरिकी असुर क्षित || Nepal Times
Mar 03, 2026
Playing
विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी खेलाडीलाई लाखौं जरिवाना || Nepal Times
Mar 03, 2026
Playing
अमेरिकी सेना इ रान जाने, लेबनानमा भीषण आक्र मणः १० हेडलाइनमा|| Nepal Times
Mar 03, 2026
Playing
आज लाग्दैछ दुर्लभ खण्डग्रास चन्द्रग्रहण,होली खेल्न वर्जित|| Nepal Times
Mar 03, 2026
Playing
रास्वपाको वाचापत्रको विज्ञहरुबाट चिरफार|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली काँग्रेसको घोषणा पत्रमा स्वास्थ्य, सामाजिक विकास र पूर्वाधार योजनाको चिरफार
Mar 02, 2026
Playing
नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्रमा विज्ञका प्रश्नैप्रश्न|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली कांग्रेसको चुनावी एजेण्डा विश्लेषणः के छ स्पष्ट, के रह्यो अधुरो ?|| Nepal Times
Mar 02, 2026
Playing
इरानले नेतन्याहुकै कार्यालयमा क्षे प्या स्त्र हान्यो! || Nepal Times
Mar 02, 2026
Playing
इन्टरसेप्टरहरु छल्दै इरानी मि सा इ लले टारगेटलाई हिट गरेपछि....|| Nepal Times
Mar 02, 2026
Playing
चुनावी सरगर्मीबिच खाडी संकटमा, १७ लाख नेपालीको सुरक्षा चिन्ता || Nepal Times
Mar 02, 2026

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

२१ मंसिर २०८२

२० मंसिर, काठमाण्डौ ।

आगामी फागुन २१ का तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि ३ महिना मात्रैसमय बाँकी रहेको अवस्थामा चुनावमा विषयमा उठेका संशयलाई लिएर प्रधानमन्त्रीको नेतृत्वमा महत्वपूर्ण सर्वपक्षीय छलफल भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बोलाएको सर्वपक्षीय बैठकमा आगामी फागुन २१ गतेका लागि घोषणा भएको चुनावको विषयमा छलफल भएको हो । बैठकमा सरकार, राजनीतिक दलहरू, निर्वाचन आयोग एवं सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो ।

बैठकमा सुरक्षा निकायले आफूहरू घोषित चुनावमा सुरक्षा दिन तयार रहेको ब्रिफिङ गरेका बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । “सुरक्षा निकाय फागुन २१ मा हुने चुनाव गराउनका लागि सुरक्षा दिनका लागि तयार छ भनेर उहाँहरू (सुरक्षा निकायका प्रमुखहरू) ले हामीहरू सबैलाई स्पष्ट रूपमा भन्नुभएको छ,“ बैठकपछि मन्त्री खरेलले भने ।

बैठकमा निर्वचन आयोगका पदाधिकारीहरूले चुनाव गराउने दिशामा आफूहरू अघि बढिसकेको ब्रिफिङ गरेको मन्त्री खरेलले बताए । उनले चुनावको वातावरण बनाउन सरकार तयार रहेको पनि बताए । केही दलहरूले भने सुरक्षाको वातावरणको विषयमा प्रश्न उठाएको मन्त्री खरेलले जानकारी दिए ।

“एकादुई राजनीतिक दलहरूले सुरक्षाको वातावरण अझै चुस्तदुरुस्त बनाउनुस् है भन्नुभएको छ । जुन कुरा ठिकै पनि हो । र, त्यो वातावरण त अझै झन् बनाउँदै जानुपर्छ,“ मन्त्री खरेलले भनेका छन् । बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले चुनावबारे अब आशंका नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेकी छन्।

उनले चुनाव हुन्छ कि हुन्न भनेर सोच्न भन्दा पनि चुनाव कसरी सफल पार्ने भन्नेतर्फ ध्यान दिन सबैलाई आग्रह पनि गरिन्। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सबै एकमत भए निर्वाचनमा कसैले खलल पार्न नसक्ने बताएकी हुन्।

‘चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौँ। कसरी चुनाव सफल पार्ने भनेर सोचौँ। सबैले एक चित्तले सोचेमा चुनाव नहुने कुरै छैन’ उनले भनिन्, ‘१२६ वटै दलले चुनाव हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ। हामी एकमत भयौँ भने निर्वाचनमा कसैले खलल पार्न सक्दैन। खराब तत्वले आक्रमण गर्न सक्दैन।’

प्रधानमन्त्री कार्कीले सुरक्षाको व्यवस्था बनाउन समूदायले सरकारलाई सघाउनुपर्ने बताइन्। उनले भनिन्, ‘सुरक्षाको पहिलो कडी जनता नै हो, समुदाय नै हो। त्यसपछि मात्र प्रहरी, सशस्त्र, सेना हुन्छ। भूतपूर्व सुरक्षाकर्मी पनि छन्।’

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो। राजनीतिक दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका नेताहरूको सहभागिता थियो।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित तीनै जना आयुक्त, सचिव र सहसचिवसमेत गरी ७ जनाको प्रतिनिधिमण्डलको उपस्थिति थियो। चारवटै सुरक्षा निकायका प्रमुखहरू पनि बैठकमा थिए। गृहमन्त्री अर्यालसहित चारै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका सन्दर्भमा सुरक्षाको अवस्था र तयारीका विषयमा स्पष्ट पारेका थिए।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगले पूर्ण रूपमा निर्वाचन गराउन तयारीका साथ अघि बढिरहेको र यसबीचमा धेरै उल्लेखनीय सफलता प्राप्त गरिसकेको विवरण प्रस्तुत गरे। सर्वपक्षीय बैठकमा नेपाली कांग्रेसले चुनावमा कुनै पनि थ्रेट स्वीकार नगर्ने जनाएको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेतृ पुष्पा भुसालले भनिन्, नेपाली कांग्रेसले आजको बैठकमा निर्वाचनको वातावरण बनाउनका लागि राजनीतिक दलहरूलाई उमेदवारीलाई मतदाताहरूलाई, वातावरणलाई, बुथलाई, सुरक्षा गर्नको लागि कुनै पनि किसिमको थ्रेटलाई स्वीकार गर्दैन भनेर स्पष्ट रूपबाट राख्यो ।

थ्रेट हुने वातावरण बनेमा सरकार जिम्मेवार हुनुपर्ने भुसालले बताइन् । त्यसकारण सरकार तयार रहनुपर्ने सुझाव दिएको उनले बताइन् । त्यस्तै सुरक्षा निकायका चुनौतीहरूलाई समाधान गर्न पनि सुझाव दिएको उनले बताइन् ।

बैठकमा आफूहरूले सरकारले घोषणा गरेको मितिमा चुनावमा जान कांग्रेस तयार रहेको जानकारी गराएको भुसालको भनाइ छ । तर, चुनावको वातावरण बनाउने जिम्मा भने सरकारको रहेको उनको भनाइ छ । आवश्यक परे सहयोग गर्न आफूहरू तयार रहेको उनको भनाइ छ ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीको भौतिक संरचनाहरू बनेको र अब प्रहरी लयमा फर्केको भन्दै ब्रिफिङ गरेका थिए । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त् रुपमा सुरक्षा प्रदान गर्न मिलेर काम भइरहेको बताएका थिए ।

 

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले निर्वाचनविरोधी र निर्वाचन बहिष्कार गर्नेहरूबाट चाहीँ केही चुनौती रहेको धारणा राखेका थिए । यता गृहमन्त्री ओम प्रकाश अर्यालले पनि चुनावी वातावरण बनाउन सरकारले सबै काम गरेको उल्लेख गरेका थिए ।

उनले विदेशमा रहेका र अन्तरजिल्ला भोटिङको व्यवस्था गर्न सक्ने विषय समेटेर अध्यादेश ल्याउनेबारे पनि छलफल भइरहेको जानकारी दिएका थिए । निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयक्त रामप्रसाद भण्डारीले निर्वाचनको प्राविधिक तयारीको ब्रिफङ गरे ।

उनले आयोगको कार्यतालिका अनुसार नै काम भइरहेको दल दर्ताको काम सकिएकाले अब अन्य लजिस्टिकहरूको पनि तयारी भएको बताएका थिए । उनले निर्वाचन आयोग चुनाव गराउन सक्ने अवस्थामा रहेको भन्दै आफ्नै धारणा राखेका थिए ।

सरकारले निर्वाचन आयोगले चुनावको वातावरण बनेको भन्दै ब्रिफिङ गरे पनि राजनीतिक दलका प्रतिनिधिहरूले भने पूर्ण विश्वास चाहिँ गरेनन् । उनीहरूले चुनावमा जाने प्रतिबद्धता दोहो¥याए तर चुनावी वातवरण बनिसकेको कुरा चाहिँ भनेनन् ।

चुनाव हुन नसक्ने दाबी गरिरहेको एमालेले बैठकमा त्यही कुरा दोहो¥यायो । एक नेताका अनुसार एमाले महासचिव शंकर पोखरेलले चुनावी वातावरण बनेकोमा आश्वस्त छैनौं, चुनाव हुने कुरामा विश्वस्त छैनौं भन्दै ‘नहुने चुनावको बहस नै किन गर्ने ?’ भनेका थिए ।

चुनाव भनेको एकप्रकारले राजनीतिक ध्रुवीकरण हुने समय भएकाले यो बेला सुरक्षा संवेदनशीलता ज्यादा हुने उनले बताएका थिए । सुरक्षाका लागि राज्यले बल पनि प्रयोग गर्न सक्छ भन्ने कुराले सुरक्षाप्रतिको भरोसा बढ्ने तर राज्यले बल प्रयोग गर्ने कुरालाई अपराध ठान्ने हो भने त्यसले वातावरण नबनाउने उनको धारणा थियो ।

बैठकमा गएका कांग्रेसका महामन्त्री गगन थापा र पुष्पा भुसालले पार्टीले चुनावमा जानेबारे गरेको औपचारिक निर्णयको जानकारी गराएका थिए । तर दल र युवाहरू एउटै ठाउँमा आउन नसक्ने एकअर्कासँग तर्सिने अवस्था रहँदासम्म चुनावको विश्वसनीय वातावरण नबन्ने धारणा राखेका थिए ।

नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले चाहिँ सरकारले चुनावभन्दा अन्यत्र ध्यान दिएको भन्दै प्रश्न गरेका थिए । चुनावी सरकार भएकाले अहिले भएकै कानुन र संविधान अनुसार चुनाव गराउनु उसको दायित्व भएको तर त्यो भन्दा अन्यन्त्र लागेको भन्दै उनीहरूले प्रश्न गरेका थिए ।

नेकपाका नेता प्रकाश ज्वालाले यतिबेला संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी अध्यादेशहरू किन आवश्यक प¥यो भन्दै प्रश्न गरेका थिए । बैठकमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा रास्वपाका नेताहरूले जोड दिएका थिए ।

गृहमन्त्री अर्यालले पनि त्यससम्बन्धी कानुनी प्रबन्ध हुन लागेको जानकारी दिएका थिए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले रास्वपा आफ्नो तर्फबाट निर्वाचनको तयारीमा रहेको बताए । सर्वपक्षीय बैठकपछि बोल्दै उनले मुलुकमा निर्वाचन गर्ने कार्यवाहकका रुपमा सरकारलाई सुरुदेखि समर्थन गरेको उल्लेख गरे ।

त्यस्तै उनले पार्टी सभापति रवि लामिछानेको विषयमा वर्तमान सरकारको धारणा माग गरेका छन् । सरकारबाहिर रहँदा राजनीति प्रतिशोध हिजो राजनीति प्रतिशोध भयो भन्नेहरूले सरकारमा रहँदा धारणा सार्वजनिक गर्न आग्रह गरे ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top