×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सर्वाेच्चबाट ४५ दशमलव ४३ प्रतिशत मुद्दा फछर्यौट

२ श्रावण २०७७

२ साउन, काठमाडौं । सर्वोच्च अदालतले आर्थिक वर्ष २०७६/०७७ मा कुल लगतको ४५ दशमलव ४३ प्रतिशत मुद्दा फछर्यौट भएको बताएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा गरी कुल २ लाख २४ हजार ३ सय ४६ लगत कायम भएकोमा १ लाख १ हजार ९ सय २७ थान मुद्दा फछर्यौट भएको छ । जुन कुल लगतको ४५ दशमलव ४३ प्रतिशत हुन आउँछ ।

सर्वोच्च अदालतले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य रजिष्टार नृपध्वज निरौलाले आर्थिक वर्ष २०७५/०७६ बाट जिम्मेवारी सरी आएको १ लाख ८ हजार १ सय ६४ र आर्थिक वर्ष २०७६/०७७ मा नयाँ दर्ता भएका १ लाख १६ हजार १ सय ८२ गरी जम्मा वार्षिक लगत २ लाख २४ हजार ३ सय ४६ कायम भएकोमा १ लाख १ हजार ९ सय २७ थान मुद्दा फछर्यौट भई आर्थिक वर्षको अन्त्यमा १ लाख २२ हजार ४ सय १९ थान मुद्दा बाँकी रहेको बताए । उनले कुल लगतको ४५ दशमाव ४३ प्रतिशत मुद्दा फछर्यौट भएको र वर्ष २०७६/०७७ मा निर्धारित मुद्दा फछर्यौटको वार्षिक लक्ष्य १ लाख ६५ हजार ६९ को करीब ६२ प्रतिशत प्रगति भएको बताए । उनले सर्वोच्च अदालतमा कुल लगतको ३२ दशममलव ३५ प्रतिशत, उच्च अदालतमा कुल लगतको ५३ दशमलव ७१ प्रतिशत र जिल्ला अदालतमा कुल लगतको ४६ दशमलव ५५ प्रतिशत मुद्दा फछर्यौट भएको बताए ।

सर्वोच्च अदालतमा आर्थिक वर्ष २०७५/०७६बाट जिम्मेवारी सरी आएको २३ हजार ९ सय ५२ र आर्थिक वर्ष २०७६/०७७ मा नयाँ दर्ता भएको ११ हजार १ सय ७९ गरी जम्म वार्षिक लगत ३५ हजार १ सय ३१ कायम भएकोमा ३२ दशमलव ३५ प्रतिशत अर्थात १० हजार ७ सय ५९ मुद्दा फछर्यौट भई २४ हजार ३ सय ७२ मुद्दा बाँकी रहेको छ । सर्वोच्च अदालतमा अघिल्लो वर्षको भन्दा कूल लगतको २ दशमलव ४३ प्रतिशत अर्थात १ हजार ५ सय ६६ थान मुद्दा बढी फछर्यौट भएको छ ।

उच्च अदालतहरुमा अघिल्लो आर्थिक वर्षबाट सरी आएको १५ हजार ७ सय ४४ र आर्थिक वर्ष २०७६/०७७ मा नयाँ दर्ता भएका २७ हजार ३ सय १४ गरी कुल लगत ४३ हजार ५८ मध्ये ५३ दशमलव ७१ प्रतिशत अर्थात २३ हजार १ सय ३० मुद्दा फछर्यौट भई १९ हजार ९ सय २८ मुद्दा बाँकी रहेको छ । उच्च अदालतहरुको कुल वार्षिक फछर्यौट लक्ष्य ३० हजार २ सय ३७ को ९० दशमलव ३३ प्रतिशत प्रगति हासिल भएको छ ।

जिल्ला अदालतहरुमा अघिलो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएको ६८ हजार ४ सय ६८ र आर्थिक वर्ष २०७६/०७७ मा नयाँ दर्ता भएको ७७ हजार ६ सय ८९ गरी कुल लगत १ लाख ४६ हजार १ सय ५७ मध्ये ४६ दशमलव ५५ प्रतिशत अर्थात ६८ हजार ४४ मुद्दा फछर्यौट भई आर्थिक वर्षको अन्त्यमा ७८ हजार १ सय १३ मुद्दा बाँकी रहेको छ ।

जिल्ला अदालतहरुले वार्षि फछर्यौट लक्ष्य १ लाख १६ हजार ५ सय ६४ को ५८ दशमलव ३७ प्रतिशत प्रगति हासिल भएको छ । कार्यक्रममा सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले मुद्दाको फछर्यौटलाई प्रभावकारी बनाउन नयाँ सफटवेर सञ्चालनमा ल्याइएको बताए । उनले नयाँ सफट्वेर प्रणालीबाट मुद्दा दर्ता हुँदाको अवस्थामा नै दर्तादेखि फैसला सम्म हुने मुख्यमुख्य कामहरुको मिति सहितको कार्यतालिका सम्बन्धित पक्षलाई उपलब्ध गराइने बताए ।

सफ्टवेरको माध्यमबाट कार्यतालिका अनुसार काम भए नभएको अनुगमन गर्न सकिने व्यवस्था पनि मिलाइएको उनले बताए । यसबाट मुद्दा फछर्यौटको संख्या बढ्ने विश्वा गरिएको प्रवक्ता पोखरेलले बताए ।

कोभिड १९ का कारण अदालतका कामकारबाही प्रभावित हुँदा लक्ष्य अनुरुप मुद्दा फछर्यौट हुन नसकेको सर्वोच्च अदालतले बताएको छ । बन्दाबन्दीको अवधिमा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण र कोभिड १९ सँग सम्बन्धित रिट निवेदन लगायत १ हजार ८ सय ७५ थान मुद्दा दर्ता भएको छ भने यसैबीचमा सर्वोच्च अदालतमा मात्र २ हजार ४ सय १५ थान मुद्दा फछर्यौट भएको छ ।

उच्च अदालत एवं जिल्ला अदालत तथा न्यायाधिकरणबाट बन्दाबन्दीको अवधिमा २ हजार ३ सय १४ थान मुद्दा फछर्यौट भएकोमा सो मध्ये देवानी मुद्दा ५ सय ८६, फौजदारी १ हजार ६ सय २९ र रिट निवेदन ९९ थान फछर्यौट भएको छ । यस बीचमा ३ सय ३३ मुद्दामा मिलापत्र र १ सय ३५ थान मुद्दा फिर्ता भएको छ । बन्दाबन्दीको अवधिमा उच्च अदालतमा ६९ र जिल्ला अदालतमा ७ गरी जम्म ७६ थान बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top