×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

२१ भाद्र २०८२

२१ भदौ , काठमाण्डौ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जो ५ पटक देशको पूर्वप्रधानमन्त्री रहिसकेका छन्, हाल सरकारमा एमालेको उभन्दा पनि ठूलो साझेदार दलको मुली हुन्, उनले आज विराटनगरमा ओर्लिनासाथ विभिन्न विषयमा स्टेटमेन्ट दिए । जसमध्ये एउटा थियो अहिले सरकारले रोक लगाएको सामाजिक संजालबारे ।

जनताको प्रत्यक्ष सरोकारित, पेशा, दैनिकीसंग जोडिएको विषयमा देउवाको बयान छ, मलाई यसबारेमा धेरै केही थाहा छैन । ओली जीले सामाजिक सञ्जाललाई दर्ता प्रक्रियामा आउन मात्र भनेको तर प्रतिबन्ध लगाउनलाई होइन, अरु मलाई थाहा छैन ।

सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल दर्ता प्रक्रियामा नआउँदासम्म बन्द गर्ने निर्णय लिएसँगै नेपालभित्र र बाहिर तीव्र प्रतिक्रियाहरू आइरहेका बेला पालो पर्खेर बसेका भावी प्रधानमन्त्री र अहिलेको सरकार संचालकमध्येको एक दलका सभापतिको यो भनाई जति सामाजिक संजाल छिटै सुचारु हुनेमा अन्यौल छ, त्योभन्दा बढी देउवाको थाहा छैनले जनतालाई झनै गुमराहमा पारिदिएको छ ।

किनभने काँग्रेसका महामन्त्री सरकारको यो निर्णय ठिक भएन भन्छन्, अर्का नेता शेखर कोइराला यो निर्णय सच्याउनु पर्छ भन्छन्, यता देउवा भने थाहा छैन भन्दा बढी जवाफ दिदैन । काँग्रेससहित सम्मिलित सरकारको निर्णयले देशभर तरङ्ग पैदा गरिरहेको छ । तरंगमात्रै होइन, कयौंको रोजीरोटी, व्यापारव्यवसाय चौपट भएको छ ।

विद्यार्थीको पढाई, सर्जकहरुको सिर्जना, यहाँसम्म कि विदेशमा पढ्न, कमाउन गएका सन्तान र अभिभावकहरुबीचको सम्पर्क पनि विच्छेद बनाइदिएको छ । ज्योतिषीदेखि, चिकित्सक, कन्टेन्ट क्रिएटरदेखि, अनलाइन व्यवसायी, मिडियाकर्मी, शिक्षक–विद्यार्थी, दिनभरी घरमा एक्लै हुँदा सामाजिक संजाल हेरेर समय विताउँदै आएकाहरुको दैनिकी, पेशा, पढाई, कमाई, मनोरंजन, सूचना सबैमा असर पुर्याएको छ ।

पेशागत तथा अधिकारवादी सङ्गठनहरू, अन्तर्राष्ट्रिय अधिकारवादी सङ्घ संस्था र आम प्रयोगकर्ताहरूले यसलाई लिएर असन्तुष्टि जनाइरहेका छन् । राष्ट्रिय मानवअधिकार आयोग, पत्रकार महासंघ लगायतले आफ्नो निर्णय पुनर्विचार गर्न सरकारलाई निर्देशनसमेत दिएको छ ।

विपक्षी दलका नेताहरूले पनि ’अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित गर्ने’ भन्दै उक्त कदमको विरोध गरेका छन् । तर सरकारको हिस्सा भएको दलका नेताको जवाफ भने थाहै छैन टाइपको छ । सरकार त झन के कम हुन्थ्यो र ? संचारमन्त्रीको ठाडो प्रतिक्रियाबाटै थाहा हुन्छ कि यो निर्णयमा तत्काल कुनै पुनर्विचारको गुञ्जायस छैन ।

डेटा रिपोर्टल नामक वेबसाइटका अनुसार सन् २०२५ को सुरुमा नेपालको जनसङ्ख्याको ४८.१ प्रतिशत जनसङ्ख्या सामाजिक सञ्जालमा सक्रिय रहेका छन् । पछिल्ला वर्षहरूमा धेरैले सामाजिक सञ्जालहरूलाई सञ्चार र पेशा व्यवसायको माध्यम बनाएका छन् । सामाजिक सञ्जाल पछिल्लो समय विभिन्न किसिमका सेवा र वस्तु प्राप्त हुने थलो बनेको छ ।

यसमा मानिसहरूले ’निडरताका साथ’ आफ्ना धारणा राख्ने गरेका छन् । कैयौँ आमा बुवाहरूको आफ्ना छोरा छोरीहरूसँग सम्पर्क गर्ने माध्यम नै सामाजिक सञ्जाल बनेको छ । विदेशमा भएका धेरै जनाको फोन नम्बर पनि आमा बुवालाई थाहा छैन । यो निर्णयले इमर्जेन्सी परेको समयमा कसरी सम्पर्क गर्ने भन्ने प्रश्न उठाएको छ ।

यद्यपि भाइबरबाट पनि सम्पर्क गर्न सकिन्छ । तर फेसबुक, म्यासेन्जरमा धेरैजसो अभ्यस्त भएका छन् । धेरैको भनाइ छ, कि सामाजिक सञ्जालका प्ल्याटफर्महरूभन्दा पनि प्रयोगकर्ताहरूलाई ध्यान दिएर निर्णय गरेको भए राम्रो हुन्थ्यो । अनि कतिपयले भने पछिल्लो सरकारी निर्णयपछि सरकारको कदमले सरकार र सरकारी निकायहरूलाई स्वेच्छाचारी बनाउन सक्ने भन्दै चिन्ता पनि व्यक्त गरिरहेका छन् ।

जनताका यस्ता गुनासाहरु छन्, तर सरकारले भने आफूले गरेको आदेश लागू भयो, भएन भनेर अनुगनमन गर्न थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले २६ ओटा सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको निर्णय प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।

प्राधिकरणले मोबाइल अपरेटर र इन्टरनेट सेवा प्रदायकहरूलाई बोलाएर सरकारले प्रतिबन्ध लगाएका २६ ओटै सामाजिक सञ्जाल प्लेटफर्ममाथिको प्रतिबन्ध गर्ने कामलाई प्रभावकारी बनाउन निर्देशन दिइएको हो । जवाफमा सेवा प्रदायकहरूले प्रतिबन्ध लगाउनुपर्ने सामाजिक सञ्जालहरूको सूची धेरै भएकाले प्रतिबन्धको काम गर्न चुनौती रहेको बताएका छन् ।

“प्रतिबन्धमा परेका सामाजिक सञ्जालहरूले नेपालमा राखेका डीएनएस, लोकल सीडीएन धेरै छन् । त्यसका कारण साइटहरू बन्द गर्न समय लाग्छ । तिनीहरूको यूआरएल पनि धेरै छन् । केही समय लाग्छ,” सेवा प्रदायकहरूको भनाइ छ ।

त्यसैगरी, प्राधिकरणले प्रतिबन्धलाई प्रभावकारी बनाउन भन्दै विभिन्न सात ओटा टोली बनाएर कर्मचारीहरूलाई अनुगमनमा पठाउन थालेको छ । तर नागरिक स्तरमा आफ्नो निर्णय शीघ्र कार्यान्वयनमा लगेको सरकारकै नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र सरकारकै विभागीय मन्त्रीहरुले समेत सरकारको निर्णय अवज्ञा गरेका छन् ।

अधिकांश नेटवर्कमा बिहीबार साँझदेखि बन्द रहेको फेसबुक प्रयोग गरेर प्रधानमन्त्रीको सचिवालयले एमालेको विधान महाधिवेशनमा प्रधानमन्त्रीले सम्बोधन गरेका फोटो तथा पोस्टहरु फेसबुकबाट निरन्तर पोस्ट गरे । नागरिकहरुलाई मात्र प्रतिबन्ध लगाएर सरकारले आफ्नै निर्णयको अवज्ञा गर्यो ।

कतिपयले स्वास्थ्य मन्त्री प्रदीप पौडेल तथा अन्य विभागीय मन्त्री तथा सरकारी अधिकारीहरुले पनि फेसबुक प्रयोग गरिरहेका भन्दै विरोधमा मत जाहेर गरेका छन् । प्रधानमन्त्री ओलीको फोटोहरु पोस्ट भएको ठाउँमा अधिकांशले कमेन्ट गर्दै सरकारकै मान्छेले भिपिएन प्रयोग गरेर आफ्नै निर्णयको धज्जी उडाएको आरोप लगाएका छन् ।

बालेन शाहको सचिवालयमा कार्यरत युवा कानून व्यवसायी सस्मित पोखरेलले ओलीलाई प्रश्न गर्दै लेखेका छन– ’कुन भिपिएन हो कम्रेड ?’ अर्का एक प्रयोगकर्ताले लेखेका छन् –’देशको कार्यकारी ऊ आफै नियम बनाउँछ ऊ आफै तोड्छ ! को छन् यस्ता कार्यकारी प्रमुख को चाटुकार आसेपासेहरु ! दिमाग छैन् ? किन फेसबुक प्रयोग गरेको किन पोस्टाएको ? जनता लाई खुब हेपेकाछौ हैन ! समय आऊछ ढलमुनी लुक्ने बनाएरै छौड्ने हो जती माफ गर्यो त्यती जनतालाई हेपेको छ हेपेको छ !’

जनताका आक्रोश यसरी पोखिन थालेका छन् । तर अधिकाँशको आक्रोश पोख्ने थलो नै सरकारले बन्द गरिदिएको छ । यता राप्रपा केन्द्रीय प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङमाथि सामाजिक सञ्जाल नियमनको विषयमा गम्भीर आरोप लगाएका छन् ।

शाहीले मन्त्री गुरुङले सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेको र यस विषयमा जनतालाई भ्रममा पार्ने अभिव्यक्ति दिएको आरोप लगाए । उनले मन्त्रीले ‘झुट बोलेको’ दाबी गर्दै सामाजिक सञ्जाल दर्ता सम्बन्धी धारणा असत्य भएको बताएका छन् ।

शाहीले मन्त्री गुरुङले सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै ‘दर्ता’ र ‘सूचीकरण’ दुई फरक प्रक्रिया भएको स्पष्ट पारे । उनले सूचीकरणलाई दर्ता भनेर प्रस्तुत गर्नु जनतालाई भ्रमित पार्ने कार्य भएको बताए ।

“दर्ता र सूचीकरणमा आकाश–जमिनको फरक छ,” शाहीले भने, “तर मन्त्री गुरुङले सामाजिक सञ्जाल बन्द गर्न खोज्दै सूचीकरणलाई दर्ता भनेर जनतालाई ढाँट्नुभएको छ।” उनले मन्त्रीको कार्यलाई ‘निरंकुशताको पराकाष्टा’को संज्ञा दिए । शाहीले आगामी निर्वाचनमा लमजुङका जनताले मन्त्री गुरुङलाई पराजित गर्ने चेतावनीसमेत दिए ।

“अब लमजुङका जनताले सञ्चार मन्त्रीलाई लमजुङबाटै चुनाव हराउनेछन्,” उनले दाबी गरे । हुनत सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरु सूचीकरणमा नआएको भन्दै रोक लगाइदिएपछि यसको विरोधसंगै समर्थन गर्नेहरु पनि छन् । एकथरिले यसलाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर आपत्ति जनाएका छन् भने अर्काथरिले नेपालको कानून नटेर्ने विदेशी कम्पनीलाई घुँडा टेकाउन खोजेको भन्दै प्रशंसा पनि गरेका छन् ।

प्रशंसा गर्नेको तुलनामा आपत्ति जनाउनेको संख्या भने निकै ठूलो छ । तर सञ्चार मन्त्रालयकै अधिकारीहरु सरकारको यो निर्णय टिकाउ हुने कुरामा त्यति ढुक्क देखिँदैनन् । फेसबुक लगायत सामाजिक सञ्जाल प्लेटफर्महरुले नेपाललाई अवहेलना गरेको वा वेवास्ता गरेको एक हदसम्म सत्य हो ।

नेपालमा यी प्लेटफर्महरु चरम लोकप्रिय हुनुको बाबजुद उनीहरुले नेपाली बजारलाई खासै महत्व दिएको पाईंदैन । अहिले फेसबुक नचलाउने नेपाली कमै होलान्, तर फेसबुकको एउटा कार्यालय त परै जावस, स्रोत व्यक्तिसमेत नेपालमा छैन । गुनासो सुन्ने अधिकारी छैन ।

फेसबुकमा कुनै खाले समस्या उत्पन्न भएमा सुनवाइ र समाधान गर्ने कुनै पनि माध्यम छैन । फेसबुकले यसअघि मनिटाइजेसन सुविधासमेत नेपाललाई दिएको थिएन । नेपाली कन्टेन्टहरु मनिटाइजेसनका लागि विदेशबाट अपलोड गर्नुपर्ने वाध्यता थियो । त्यो भने अहिले समाधान भएको छ ।

सरकारले प्रतिवन्धको तयारी गरिसकेपछि फेसबुकले यसै महिनाबाट नेपालमा मनिटाइजेसन खोलिदिएको हो । यसलाई एउटा महत्वपूर्ण उपलब्धी मान्नुपर्छ । नेपालीहरुले अब नेपालबाटै कन्टेन्ट हालेर डलर कमाउन सक्नेछन् । यसले फेसबुक अलिकति लचक बनेको संकेत गर्छ ।

तर नेपालमा फेसबुक लगायतका कम्पनीहरु कतै पनि दर्ता नै नभएको भन्ने होइन । कर पनि तिर्छन् । सरकारले २०७९÷८० को बजेट भाषणमार्फत पहिलोपटक सामाजिक सञ्जाललाई कर प्रणालीमा ल्याउने घोषणा गर्यो । त्यसअनुसार आर्थिक ऐन ल्याएर २० लाखभन्दा बढीको कारोवार गर्ने गैरवासिन्दा व्यक्ति (कम्पनी) ले नेपालमा भएको बार्षिक कारोवार मूल्यको २ प्रतिशत विद्युतीय सेवा कर र १३ प्रतिशत भ्याट तिर्ने व्यवस्था गरिएको छ।

२०८१ मा त्यसलाई संसोधन गरेर न्यूनतम कारोवारको सीमा २० लाखबाट ३० लाख पुर्याइयो । २०७९ को फागुनदेखि मेटा, गुगल, माइक्रोसफ्ट लगायतका ८ कम्पनीहरु ठूला करदाता कार्यालयमा दर्ता भए । सो आवको ५ महिनामा ती कम्पनीहरुले ७० करोड ५४ लाख ५० हजार रुपैयाँ कारोबार गरेको विवरण ठूला करदाता कार्यालयलाई बुझाएका थिए ।

आर्थिक वर्ष २०८०÷८१ मा ती कम्पनीले पौने ३ अर्ब रुपैयाँको कारोवार गरेका थिए भने त्यसवापत ४१ करोड कर तिरेका थिए । सामाजिक सञ्जालहरुले गर्ने आम्दानीको तुलनामा उनीहरुले नेपालमा तिर्ने कर भने नगण्य हो । १३ प्रतिशत भ्याट उपभोक्ताबाटै असुल हुन्छ । दुई प्रतिशत विद्युतीय सेवा कर मात्र उनीहरुले तिर्छन् ।

जबकि नेपालका आइएसपी (इन्टरनेट सेवा प्रदायकले) चर्को कर तिर्नुपर्छ । उनीहरुबाट सरकारले १३ प्रतिशत भ्याट, १० देखि १३ प्रतिशत टिसीएस, ६ प्रतिशत रोयल्टी असुल्दै आएको छ । यसका अतिरिक्त मुनाफाको ३० देखि ३५ प्रतिशत आयकर बेग्लै तिर्नुपर्छ ।

अब यसमा फेरि अर्को प्रश्न उठ्छ, के यदि नेपालमा सुचीकरण हुन आए भने उनीहरुले बढी कर तिर्छन् त ? तर यसमा त्यस्तो कुनै पनि कानूनी प्रवन्ध छैन । खासमा अहिले समस्या भनेको कानूनकै हो । सामाजिक सञ्जाललाई नियमन गर्न बनाइएको विधेयकले कानूनको रुप लिइसकेको छैन । उक्त विधेयक राष्ट्रिय सभामा विचाराधिन छ ।

विधेयक पारित नहुँदै सर्वोच्च अदालतको फैसलाको हवाला दिएर सरकारले अहिले सामाजिक सञ्जाल निस्क्रिय तुल्याउने निर्णय लिएको हो । जबकि सर्वोच्चले पनि कानून बनाएर नियमन गर नै भनेको थियो, सिधै प्रतिवन्ध लगाउ भनेको होइन । सञ्चार मन्त्रालयकै एक अधिकारी भन्छन्, ‘अहिले सरकारले लिएको निर्णयमा बलियो कानूनी आधार छैन, अदालतमा मुद्दा जाने र निर्णय उल्टिने सम्भावना प्रबल छ ।’

हुन त सामाजिक सञ्जाललाई कानूनी दायरमा ल्याएर नियमन गर्नु उचित र अत्यावश्यक काम हो । तर, त्यसका लागि कानूनी आधार बलियो चाहिन्छ । सरकार यसमा चुकेको छ । सरकारसँग सामाजिक सञ्जाल प्लेटफर्महरुमाथि बन्देज गर्न कुनै ऐनको टेको छैन ।

२०८० सालमा ल्याइएको निर्देशिकाको भरमा यो सबै गरिरहेको छ । मेटाले पनि सुरुदेखिको संवादमा लिइरहेको अडान भनेको कानूनी प्रवन्ध नै हो । संसदले पारित गरेको कानूनका आधारमा मात्रै दर्ता हुन सक्ने मेटाका अधिकारीहरुले बताउने गरेका छन् ।

पछिल्लो समय पनि उसको अडान यही नै रहेको बुझिन्छ । तर सरकारले कानून निर्माणलाई तिव्रता दिनुको साटो जोखिमपूर्ण विकल्पमा गएको हो । यसले विदेशी कम्पनीहरुलाई हालका लागि कस्यो होला तर नेपाली लाखौं प्रयोगकर्ताहरुको पनि अधिकार खोसिदियो ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेका छन् । सामाजिक सञ्जाल बन्द गर्दा नागरिकका मौलिक अधिकार हनन भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले रिट दिएका हुन् । सर्वोच्चका सूचना अधिकारी नीराजन पाण्डेका अनुसार शुक्रबार मात्रै कम्तीमा तीनवटा रिट परेको बताए ।

उता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि नेपालमा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको विषयलाई प्रमुखतासाथ रिपोर्ट गरेका छन् । साथै, कमिटी टु प्रोटेक्ट जर्नलिस्ट (सिपिजे)ले पनि सामाजिक सञ्जाल बन्द गरेर सरकारले पत्रकारहरूको पहुँच रोक्ने कार्य गरेको भन्दै आपत्ति जनाएको छ ।

यसबारे आफ्ना विचार अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top