मोरङ, पुस ९
ईलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्धाका फरार प्रतिवादीलाई ९ बर्ष पछि पक्राउ गरेको छ ।

सवारी ज्यान मुद्धामा जिल्ला अदालत मोरङबाट २०६६ साल असार ३१ गते रु २००० हजार जरिवाना फैसला भई हाल सम्म फरार रहेका जिल्ला मोरङ बुढीगंगा गाउँपालिका–२ का बिरेन्द्र थापा मगरलाई आज पक्राउ गरेको हो ।

यसैगरी जुवा मुद्धामा मिति २०७० साल असार १९ गते जनही १०० जरिवाना फैसला भई हाल सम्म फरार रहेका बुढीगंगा गाउँपालिका–३ बस्ने रमेश खड्का, सिताराम भट्टराई, राजकुमार केसी, सिताराम खड्का, भिम बहादुर खड्का र भरत कार्कीलाई समेत पक्राउ गरेको छ ।

पक्राउ परेका सातै जना प्रतिवादीहरुलाई तोकिएको जरिवाना भुक्तानीको लागि आजै जिल्ला अदालत मोरङमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top