×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सहायक प्रध्यापकद्धारा आफ्नै छात्रालाई यौन दुब्र्यबहार !

२ श्रावण २०७५

विराटनगर, साउन २
आफ्नै छात्रालाई यौन दुब्र्यबहार गरेको भन्दै विराटनगरको जनता आदर्श बहुमुखी क्याम्पसका एकजना सहायक प्राध्यापकलाई विद्यार्थीले कुटपिट गरेका छन् ।सहायक प्राध्यापक अबिजाल विष्टलाई बुधबार बिहान सोही क्याम्पसका छात्रछात्राहरुको समूहले लछारपछारगर्दै कुटपिट समेत गरेका हुन् ।

सहायक प्राध्यापक अबिजाल विष्टलाई सोहि क्याम्पसका छात्राहरुसंग यौन दुब्र्यवहार गरेको आरोप लागेको छ । यौन दुव्र्यवहारको आरोप लागेपछि क्याम्पस प्रशासनले उनलाई निलम्बन समेत गरेको छ । क्याम्पस प्रशासनले सूचना दिए लगत्तै पुगेको प्रहरीले उनलाई सुरक्षादिंदै क्याम्पसकै एक कोठामा एक घन्टा बढी थुनेर सुरक्षित राखेको थियो । सहायक प्राध्यापक विष्टले निकै अगाडिदेखि छात्राहरुसंग दुब्र्यवहार गर्दै आएको पीडित विद्यार्थीहरुको भनाई छ ।

बिष्टले दुब्र्यवहार गरेको बिषयमा छात्राहरुले उनलाई कारबाहीको माग गर्दै क्याम्पस प्रमुख रमेश काफ्लेलाई निवेदन दिएपनि क्याम्पस प्रमुखले निवेदनमा सहीगर्न नमानेपछि स्थितिले उग्ररुप लिएको विद्यार्थीहरुले जानकारी दिएका छन् । स्थिति बिग्रिदै गएपछि पूर्वाञ्चल विश्वविद्यालयका डीन शम्भुप्रसाद कोइराला क्याम्पस पुगेका थिए । लगत्तै विद्यार्थी नेता, पीडित छात्रा र क्याम्पस प्रशासनबीच वार्ता भएको थियो ।

क्याम्पस परिसरमै भएको वार्ताबाट बिष्टलाई तत्काल निलम्बन गर्ने र घटनाको बिषयमा थप छानबिन गर्ने भन्दै एक समिति गठन गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालयका सहडीन गोपालप्रसाद शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको जनाईएको छ । समितिमा सहडीन उदयराज प्रसाई, क्याम्पस प्रमुख रमेशबाबु काफ्ले, विद्यार्थी प्रतिनिधि पुजन निरौला र क्याम्पसका बरिष्ठ अधिकृत सावित्रा सापकोटा रहेका छन् ।

समितिलाई ७ दिनभित्र प्रतिवेदन पेशगर्ने समय दिइएको छ । यता दुब्र्यवहारको आरोप लागेका बिष्टले आफुलाई अनावश्यक रुपमा फंसाइएको दाबी गरेका छन् । उनले केही विद्यार्थीहरु कक्षा कोठामा अश्लिल गतिविधि गरिरहेको केहिदिन अघि आफुले देखेको र सो बिषयमा क्याम्पस प्रमुखलाई जानकारी गराएपछि सोहि बिषयलाई लिएर विद्यार्थीहरुले आफुलाई तारो बनाएको उनको भनाई छ । बिष्टले क्याम्पसको प्राक्टिकल परीक्षामा केहि विद्यार्थीहरु अनुर्तीण भएपछि आफूमाथि दुब्र्यवहारको आरोप लगाइएको बताए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top