×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सांसदबाट हटाउने दाहालको कदम निरंकुशः प्रभु साह

२५ चैत्र २०७७

२५ चैत्र, काठमाडौं ।
सहरी विकासमन्त्री प्रभु साहले आफूलाई सांसद पदबाट हटाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्णय निरंकुश कदम भएको आरोप लगाएका छन् ।

साहले आफूसहितका सांसदलाई पद मुक्त गर्ने माओवादी केन्द्रको निर्णयको विरोध गरेका हुन् ।

माओवादी केन्द्रले पार्टी एकता हुँदा प्रधानमन्त्री केपी शर्मा ओली कित्तामा लागेर अहिले विभाजित अवस्थामा पनि नफर्किएका चार सांसदलाई पद मुक्त गर्न मंगलबार संसद सचिवालयमा पत्र दर्ता गरेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदलाई पत्र लेखेर लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट मुक्त गर्न आग्रह गरेका हुन् ।

त्यसको विरोधमा साहले लेखेका छन्, ‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो ।

आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता–सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिने र अहिलेसम्म सरकारलार्य समर्थन दिईराख्नेहरुले हामी साझा घोषणा पत्र एवम् संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानूनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन ।’

उनले अघि लेखेका छन्, ‘ निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन् ।

अर्थात् रूपमा अहिलेकै संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक र कानूनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुष्प्रयास गर्नु आफैमा प्रतिगामी कार्य हो ।’

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top