Nepal Times
Nepal Times
3
Shares

सांसद किनबेच हुन थाल्योः प्रधानमन्त्री

सांसद किनबेच हुन थाल्योः प्रधानमन्त्री

८ माघ, काठमाडौँ ।
प्रधानमन्त्री केपीशर्मा ओलीले संविधानको रक्षाको निम्ति राजनीतिक लडाइँ लडिरहेको बताएका छन् । बिहिबार काठमाडौँमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान, गणतन्त्रको रक्षाको निम्ति राजनीतिक लडाइ लडिरहेको बताएका हुन् ।

उनले राष्ट्रियता, लोकतन्त्र तथा जनजिविकाको सवालमा शान्तिपूर्ण र वैधानिक लोकतान्त्रिक विधिबाट अघि बढेको बताए । प्रधानमन्त्री ओलीले आफुहरुसँग देशलाई अघि बढाउने उज्यालो तथा चम्किलो गन्तव्य भएको दाबी गरे । उनले आफुहरुले रातो झण्डा फहराउने, रातो बेलुन उडाउने तथा रातो चम्किलो उज्यालो गन्तव्यतर्फ देशलाई लैजाने बताए ।

प्रधानमन्त्री ओलीले संसदमा सांसद किनवेच, दलहरु बीच लेनदेन तथा समिकरण परिवर्तनको श्रृङ्खला हुन लागेको बताए । आफुले वामपन्थी पार्टीहरु जोडेर मजबुद पार्टी बनाउने प्रयास गरिएको भएपनि त्यस्तो पार्टी बन्न नसकेको उनको भनाई छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.